Madhes Khabar
समाचार

ठोरीमा मिनि ट्रक दुर्घटना हुँदा चालक घाइते

मधेसखबर

वीरगन्ज,१७ साउन : पर्साको ठोरी गाउँपालिक -४ मा मङ्गलबार मिनी ट्रक दुर्घटना हुँदा एक जना घाइते भएका छन्।

ठोरीबाट बाराको जीतपुर जाँदै गरेको  मिनिरल वाटर बोकेको प्रदेश नं. २-०३-००१ क १५७९ नम्बरको  मिनि ट्रक वीरगन्ज ठोरी हुलाकी सडक खण्ड अन्तरगत पर्ने मालीबस्ती र गोपीवस्ती बिचमा पर्ने सडकमा दुर्घटना भएको प्रहरी चौकी विजयवस्तीले जानकारी दिएको छ ।

तिब्र गतिमा रहेको मिनी ट्रक अनियन्त्रित भई पल्टदाँ ट्रक चालक बाराको पथलैयाका २९ वर्षीय निश्चल परियार घाइते भएका हुन्। उनको हात र शरीरमा चोट लागेको र उपचारका लागि वीरगन्ज पठाइएको प्रहरीले जनाएको छ   । मिनि ट्रकमा सवार अन्य २ जना युवा भने सकुशल रहेका छन्। चालकले अत्यधिक मदिरा सेवन गरेको कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

Related posts

वीरगन्ज नर्सिङ क्याम्पसमा नेविसंघकी उम्मेदवार दियान्सु श्रेष्ठको पहलमा गरियो बृहत सरसफाई

MadhesKhabar

पर्साकाे देउरीयामा खेतबाट १८ प्याकेट चरेस बरामद

MadhesKhabar

बाराको टाँँगीयाबस्तीका तामाङ आफनै घरबाट लागू औषधसहित पक्राउ

MadhesKhabar

Leave a Comment