बारा,३०फाल्गुनःबारामा प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागू औषधसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराकै निजढ नगरपालिका वडा नम्बर १६ टाँगीयाबस्तीका २७ बर्षिय अजय घलान भन्ने कान्छाराम तमाङ रहेका छन् ।
विशेष सूचनाको आधारमा मंगलबार ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरी टोलीले निजगढ नगरपालिका वडा नम्बर १६ टाँँगीयाबस्तीका तमाङकै घरमा पुगेर छापा मारेको थियो । त्यसक्रममा उनको घरमा लुकाएर राखिएको अवस्थामा ड्रामाटोल १ हजार २०५ पिस,नाईट्राभेट ७५ पिस र एन्टिकफ ६६ पिस बरामद गरिएको बाराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।
पक्राउ परेका तमाङलाई प्रहरीको हिरासतमा राखेर उनि विरुद्ध लागू औषध मुद्दा दर्ता गरी बारा जिल्ला अदालतबाट तीन दिनको् म्याद थप गरी थप अनुसन्धान भईरहेको न्यौपानेले बताए ।

