Madhes Khabar
समाचार

पर्साको बढनियारबाट ठूलो परिमाणमा काँचो सालको काठ बरामद

प्रमोद यादव

पर्सा, ०४साउन: पर्सको पर्सागढी नगरपालिकाका वडा नम्बर ३ बाट ठूलो परिमाणमा काँचो सालको काठ बरामद भएको छ।

सव डिभिजन वन कार्यालय बढनियारबाट खटिएको वन गस्ती टोलीले वडा नम्बर ३ स्थित जुस फ्याक्ट्री पछाडिको झाडीबाट बुधबार बिहान ४.३० बजे काँचो सालको काठ ४ थान र साइकल ४थान बरामद गरेको हो।

तस्करहरुले   राष्ट्रिय वनबाट ल्याएर झाडीमा लुकाएर राखेको काठ वन गस्ती टोलीले बरामद गरेको हो । तस्करहरु फरार रहेको र उनिहरूको   खोजी भइरहेको सव डिभिजन वन कार्यालय बढनियारले जनाएको छ ।

Related posts

पर्सा १ मा नगद १ लाख सहित स्वतन्त्र उम्मेदवार पक्राउ

MadhesKhabar

वीरगन्जमा जसपा र काँग्रेसको चुनावी ब्यानर एउटै – राजेशमान र इम्तियाजले संगसंगै भोट माग्न थाले

MadhesKhabar

२२ जना सवार रहेको तारा एयरको विमान मुस्ताङमा दुर्घटनाग्रस्त

MadhesKhabar

Leave a Comment