Madhes Khabar
समाचार

पर्साको बढनियारबाट ठूलो परिमाणमा काँचो सालको काठ बरामद

प्रमोद यादव

पर्सा, ०४साउन: पर्सको पर्सागढी नगरपालिकाका वडा नम्बर ३ बाट ठूलो परिमाणमा काँचो सालको काठ बरामद भएको छ।

सव डिभिजन वन कार्यालय बढनियारबाट खटिएको वन गस्ती टोलीले वडा नम्बर ३ स्थित जुस फ्याक्ट्री पछाडिको झाडीबाट बुधबार बिहान ४.३० बजे काँचो सालको काठ ४ थान र साइकल ४थान बरामद गरेको हो।

तस्करहरुले   राष्ट्रिय वनबाट ल्याएर झाडीमा लुकाएर राखेको काठ वन गस्ती टोलीले बरामद गरेको हो । तस्करहरु फरार रहेको र उनिहरूको   खोजी भइरहेको सव डिभिजन वन कार्यालय बढनियारले जनाएको छ ।

Related posts

अब भारतीयले नेपालको फोन पेमार्फत क्यूआर भुक्तानी गर्न पाउने

MadhesKhabar

इन्जिनियरको चुनावमा कांग्रेस निकटका उम्मेदवारहरु निर्वाचित (मत परिणामसहित)

MadhesKhabar

वीरगन्ज महानगरको उपमेयरमा काँग्रेसबाट १३ जनाको नाम सिफारिस

MadhesKhabar

Leave a Comment