Madhes Khabar
समाचार

कुनैपनि समुदाय विकासको मूलधारबाट पछाडि नपरुन् भन्ने सरकारको प्रमुख उद्देश्य हो : मन्त्री यादव

सुनसरी,३साउन : संघीय सरकारका खानेपानीमन्त्री प्रदीप यादवले नेपालमा रहेका कुनै पनि समुदाय विकासको मूलधारबाट पछाडि नपरोस् भन्ने सरकारको प्रमुख उद्देश्य रहेको बताएका छन् ।

शनिबार सुनसरीमा “झुम्का सहरी खानेपानी तथा सरसफाइ आयोजना” को उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले सरकारको प्रयास, खानेपानी क्षेत्रलाई सामाजिक न्याय र समावेशी विकाससँग जोड्दै सबै समुदायलाई समान रूपमा सेवा पु¥याउने दिशामा केन्द्रित रहेको बताए ।

उनले भने, “कुनै पनि समुदाय विकासको मूलधारबाट पछाडि नपरोस् भन्ने सरकारको उद्देश्य छ । देशका हरेक नागरिकको आधारभूत अधिकार सुरक्षित खानेपानी र सरसफाइ पहुँच सुनिश्चित गर्नु हाम्रो प्रमुख लक्ष्य हो ।”

मन्त्री यादवले खानेपानी क्षेत्रलाई सामाजिक न्याय र समावेशी विकाससँग जोडेर नागरिकको जीवनस्तरमा सुधार गर्ने सरकारको प्रयास निरन्तर जारी रहेको बताए। झुम्का सहरी खानेपानी तथा सरसफाइ आयोजनाले विकासको सम्भावना र नागरिकको चाहनालाई मूर्तरूप दिने विश्वास उनले व्यक्त गरे ।

मन्त्री यादवले देशका सबै समुदायलाई समान रूपमा सेवा पु¥याउने र कसैलाई पनि पछाडि नपार्ने नीति प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको दीर्घकालीन दृष्टिकोण भएकाले विकासमा समावेशी दृष्टिकोणलाई संस्थागत गरिने बताए ।

खानेपानी मन्त्रालय जनताको आधारभूत आवश्यकता पूरा गर्ने सेवा–उन्मुख सामाजिक मन्त्रालय रहेकाले आफुैले आफ्नो जिम्मेवारी सम्हालेदेखि नै हरेक नागरिकलाई शुद्ध र स्वच्छ खानेपानीको पहुँच पु¥याउने योजना अनुसार काम गर्न क्रियाशिल रहेको जानकारी गराए ।
उनले भने, “हाम्रो सक्रियता र स्पष्ट परिकल्पना अनुरूप खानेपानी विभागको वित्तीय प्रगतिले ९० प्रतिसत उपलब्धि हासिल गरेको छ । जुन हाम्रो कार्यसम्पादन क्षमताको दिगो सुधारको स्पष्ट प्रमाण हो ।”

शनिबार उद्घाटन गरिएको उक्त खानेपानी आयोजनाबाट रामधुनी नगरपालिका झुम्का क्षेत्रका वडा नम्बर १, २, ३, र ५ का करिब २२ हजार ७८७ नागरिक र ४ हजार ३१ घरधुरीहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने क्षेत्रीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय इटहरी सुनसरीका प्रमुख महेसी महतोले जानकारी दिए ।

कार्यक्रममा पुर्व संघीय सांसद नवदिता चौधरी, मेयर शंकर लाल चौधरी, झुम्का खानेपानी मुल उपभोक्ता समितिका अध्यक्ष केसीलाल चौधरी, उपमेयर तारा थापा, प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र, खानेपानी तथा ढल व्यवस्थान विभागका उपमहानिर्देशक राजेन्द्र सापकोटा, एकिकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका आयोजना निर्देशक सुरत बम, उप–निर्देशक महेश न्यौपाने, खानोनी तथा ढल निकास विराटनगरका प्रमुख सुरतलाल चौधरी लगायतकाको सहभागीता रहेको थियो ।

Related posts

वीरगन्ज उद्योग वाणिज्य संघबाट सशस्त्र प्रहरी डिएसपी सुब्बा पुरस्कृत

MadhesKhabar

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ

MadhesKhabar

सम्भावित जोखिमलाई मध्यनजर गर्दै काम गर्न मन्त्री यादवकाे निर्देशन

MadhesKhabar

Leave a Comment