Madhes Khabar
समाचार

‘जेल फर्किन्छु’ भन्दै नख्खु कारागार पुगेका रवि लामिछाने घर फर्किए

काठमाडौं,२८भदाैं:‘जेल फर्किन्छु’ भन्दै शनिबार साँझ  काठमाडौंकाे नख्खु कारागार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने घर फर्केका छन् । दिउँसो भिडियो सार्वजनिक गर्दै जेल फर्किने बताएका लामिछाने सुरक्षाको कारण देखाउँदै घर फर्केका हुन् ।

रास्वपा नेता गणेश पराजुलीका अनुसार नख्खु कारागारले सुरक्षा व्यवस्था देखाउँदै रविलाई राख्न नमानेको हो ।

अहिले सुरक्षा दिने अवस्था छैन, यहाँलाई जहिले बोलाइन्छ उहिले हाजिर रहनुहोला, अहिले घरमै सुरक्षित हुनुहुन्छ भन्दै कारागारले लामिछानेलाई पठाइदिएको पराजुलीले जानकारी दिए । ‘अस्ति निस्किँदा पनि त्यसै भनेर उहाँ निस्किनुभएको हो । सुरक्षा व्यवस्था कडा भएपछि बोलाउँछु हामी आफै बोलाउँछु भनिएको छ रे।’ उनले भने ।

यसअघि जेनजी प्रदर्शनका क्रममा लामिछाने नख्खु कारागारबाट निस्केका थिए । यसबीचमा कारागार प्रशासनले लामिछानेलाई रिहा गर्न भन्दै जारी गरेको भनिएको पत्र पनि सार्वजनिक भएको थियो । यद्यपि कारागारले प्रदर्शनका दिन फरार रहेका लामिछानेसहितका कैदीलाई फेरि बोलाएको छ ।साभार:खबरहब

Related posts

घर–घरमा स्वच्छ खानेपानी पु-याउनु सरकारको प्रमुख लक्ष्य हो : मन्त्री यादव

MadhesKhabar

बारामा माेटरसाइकल दुर्घटना हुदाँ एक युवककाे मृत्युु

MadhesKhabar

कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

MadhesKhabar

Leave a Comment