काठमाडौं,७मंसिर:रेडियो अडियोका सञ्चालक एवं पत्रकार दीपेन्द्र खनियाँ मृत फेला परेका छन् ।
उनी आइतबार काठमाडौंको बानेश्वरस्थित थापागाउँमा रहेको आफ्नै घरमा मृत फेला परेका हुन् ।
उनी आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत फेला परेकाे जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी ) पवनकुमार भट्टराईले जानकारी दिए ।
‘अहिले मुचुल्का उठाउने काम भइरहेको छ, त्यसपछि शव पोस्टमार्टमका लागि पठाइने छ,’ उनले भने ।खानियाँका श्रीमती र एक छोरी छन् ।साभार:लाेकान्तर

