Madhes Khabar
समाचार

सवारी दुर्घटना रोक्न स्पीड ब्रेकर निर्माण गर्ने राधेमाइका युवाहरुको निर्णय

मधेसखबर
वीरगन्ज,२८जेठ : वीरगन्जको पदमरोड देखि गण्डक सम्मको सडकमा तिब्र गतिका कारण सवारी दुर्घटना हुन थालेपछि रााधेमाइका युवाहरुले सडकमा स्पीड ब्रेकर निर्माण गर्ने भएका छन् ।
शनिबार अपन राधेमाइ युवा क्लबको अगुवाइमा बसेको बैठकले पदमरोड देखि गण्डक सम्मको सडकमा स्पीड ब्रेकर निर्माण गर्ने निर्णय गरेको हो । यसका साथै ठाँउ ठाउँमा सिसिटिभी क्यामेरा जडान गर्ने , राधेमाइ मन्दिरको पहिचान झल्कने प्रवेशद्वार निर्माण गर्ने , राधेमाइ मन्दिर परिसरमा शाकाहारी भोजभतेर मात्र गर्न दिने र यस बारेमाम मन्दिर सन्चालक समितिसंग छलफल गर्ने निर्णय पनि भएको क्लबका अध्यक्ष पवन यादवले जानकारी दिए ।
शनिबारको बैठकमा क्लका पदाधिकारी , सदस्य , स्थानीय युवा र भद्रभलादमीहरुको पनि सहभागीता रहेको थियो ।

Related posts

बारामा लागूऔषध अफिमसहित दुई जना पक्राउ

MadhesKhabar

रौतहटमा करेन्ट लागेर एक बालिकाकाे मृत्युु

MadhesKhabar

बारामा ३९ लाख बढीको मोबाइलका पार्टस् सशस्त्र प्रहरीद्वारा बरामद

MadhesKhabar

Leave a Comment