Madhes Khabar
समाचार

बारामा ३९ लाख बढीको मोबाइलका पार्टस् सशस्त्र प्रहरीद्वारा बरामद

बारा,३१जेठःबाराको विश्रामपुर गाउँपालिका वडा नम्बर ३ बाट सशस्त्र प्रहरीले तस्करीको ३९ लाख रुपैयाँ मूल्य बढीको सामान बरामद गरेको छ ।

भारतबाट साइकलमा राखेर तस्करी गरि ल्याइएको ३९ लाख १२ हजार रुपैयाँ मूल्यको मोबाइलकोे एयरपड प्रो र टेम्पर ग्लास सशस्त्र प्रहरीले विश्रामपुर गाँउपालिका वडा नम्बर ३ स्थित डम्पिङ साइटबाट शनिबार बरामद गरेको हो । तस्करहरु भने फराार भएको सशस्त्र प्रहरीले जनाएको छ ।

बरामद ती सामान आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइने सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण बाराका सशस्त्र प्रहरी उपरीक्षक खुमबहादुर केसीले जानकारी दिए ।

 

Related posts

पर्सामा मोटरसाइकल चोरको गिरोह नै पक्राउ

MadhesKhabar

जिपि कोईराला फाउण्डेसनको मधेस प्रदेशको संयोजकमा शाहाबुद्दिन मनोनित

MadhesKhabar

वीरगन्ज भन्सार क्षेत्रबाट हुण्डीकाे रकमसहित महिला र पुरुष पक्राउ 

MadhesKhabar

Leave a Comment