Madhes Khabar
समाचार

प्रधानन्यायाधीश राणालाई निवासमै नजरबन्द

मधेसखबर
वीरगञ्ज असोज २ गते

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई आइतबार निवासमै ‘नजरबन्द’मा राखिएकाे छ।

आज सर्वाेच्च अदालत जाने बताएपछि बिहानैबाट सुरक्षाकर्मी परिचालन गरेर राणालाई निवासबाट निस्कन रोक लगाइएको हो ।

राणा सर्वाेच्च फर्कने तयारी गरेपछि उनलाई रोक्न बार एसोसिएसनका पदाधिकारी र सदस्यहरू अदालत परिसरमा धर्ना दिएका छन् भने बाक्लो रूपमा सुरक्षाकर्मी पनि परिचालन गरिएको छ।

शनिबार मध्यरातबाट आफूविरुद्ध महाअभियोग प्रस्ताव ल्याएको सांसदको कार्यकाल नै सकिएपछि राणा आइतबार सर्वाेच्च अदालत आउने बताएका थिए।

राणाविरुद्ध १ फागुन २०७८ मा महाभियोगको प्रस्ताव प्रतिनिधिसभामा दर्ता भएको थियो। दर्ता भएसँगै उनी निलम्बनमा परेका थिए।

महाभियोगबारे प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले छानबिन गरेर सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाएको छ।

समितिको बहुमतले राणाविरुद्ध महाभियोग लगाउन सिफारिस गर्दै शनिबार प्रतिवेदन बुझाएको थियो।साभार: देशसञ्चार

Related posts

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” काे सन्देश पनि दिन्छ : मन्त्री यादव

MadhesKhabar

प्रहरीसंगको झडपमा १५ शिक्षक घाइते, भोलिदेखि आन्दोलन थप चर्काउने महासंघको चेतावनी

MadhesKhabar

पर्साका एसपी ढुंगेल काठमाडौंमा सशस्त्र प्रहरीबाट सम्मानित

MadhesKhabar

Leave a Comment