Madhes Khabar
समाचार

प्रधानन्यायाधीश राणालाई निवासमै नजरबन्द

मधेसखबर
वीरगञ्ज असोज २ गते

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई आइतबार निवासमै ‘नजरबन्द’मा राखिएकाे छ।

आज सर्वाेच्च अदालत जाने बताएपछि बिहानैबाट सुरक्षाकर्मी परिचालन गरेर राणालाई निवासबाट निस्कन रोक लगाइएको हो ।

राणा सर्वाेच्च फर्कने तयारी गरेपछि उनलाई रोक्न बार एसोसिएसनका पदाधिकारी र सदस्यहरू अदालत परिसरमा धर्ना दिएका छन् भने बाक्लो रूपमा सुरक्षाकर्मी पनि परिचालन गरिएको छ।

शनिबार मध्यरातबाट आफूविरुद्ध महाअभियोग प्रस्ताव ल्याएको सांसदको कार्यकाल नै सकिएपछि राणा आइतबार सर्वाेच्च अदालत आउने बताएका थिए।

राणाविरुद्ध १ फागुन २०७८ मा महाभियोगको प्रस्ताव प्रतिनिधिसभामा दर्ता भएको थियो। दर्ता भएसँगै उनी निलम्बनमा परेका थिए।

महाभियोगबारे प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले छानबिन गरेर सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाएको छ।

समितिको बहुमतले राणाविरुद्ध महाभियोग लगाउन सिफारिस गर्दै शनिबार प्रतिवेदन बुझाएको थियो।साभार: देशसञ्चार

Related posts

पर्सा : परालभित्र लुकाएर राखिएको २० पोका गाँजा सशस्त्र प्रहरीद्वारा बरामद

MadhesKhabar

सोमबार थप ८८८ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

MadhesKhabar

बाराको सिम्रौनगढबाट ठूलो परिमाणमा लागू औषध बरामद,तस्कर फरार

MadhesKhabar

Leave a Comment