Madhes Khabar
समाचार

बारामा लागूऔषध अफिमसहित दुई जना पक्राउ

बारा,२५चैत:बाराको अमलेखगञ्जबाट प्रहरीले झण्डै एक किलो लागूऔषध अफिमसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर कैलाश गाउँपालिका–२ का ५५ वर्षीय खड्गबहादुर मोक्तान र ४९ वर्षीय लालबहादुर स्याङ्तान रहेका छन् ।

प्रहरीले उनीहरुको साथबाट ९४६ ग्राम अफिम बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक दिवाकर गणेश र लागूऔषध नियन्त्रण व्यूरो वीरगन्जका प्रहरी सहायक निरीक्षक गोपाल खड्काको नेतृत्वमा रहेको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

हेटौंडाबाट पैदल हिँडेर सिमरातर्फ आउँदै गरेका उनीहरुलाई अमलेखगञ्जमा रोकेर जाँच गर्ने क्रममा लुगा र झोलामा लुकाएर राखिएको अवस्थामा अफिम बरामद भएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ । पक्राउ परेका दुबैलाई इलाका प्रहरी कार्यालय सिमराको नियन्त्रणमा राखिएको छ।

Related posts

जगरनाथपुर–५ चिल्झपट्टीमा रमेश रिजालको घरदैलो सम्पन्न

MadhesKhabar

वीरगन्ज उद्योग वाणिज्य संघद्वारा युवा पत्रकार आशु सर्राफ सम्मानित

MadhesKhabar

पर्सामा घुस मागेकाे आराेपमा वरिष्ठ सईसहित तीन जना प्रहरी निलम्बित

MadhesKhabar

Leave a Comment