Madhes Khabar
समाचार

वीरगन्जको गहवमाई मन्दिर छेउमा एक व्याक्ति मृत फेला

तस्बिर : सामाजिक सञ्जालबाट

वीरगन्ज,१९असोजःवीरगन्जको गहवामाई मन्दिर छेउको सडकपेटीमा आइतबार एक जना बृद्ध पुरुष मृत फेला परेका छन् । मन्दिरमा वर्षौदेखि भीख मागेर बस्दै आएका वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवाका अन्दाजी ६५ वर्षका हरिहर प्रसाद सोनार मृत फेला परेका हुन् ।

उनको मृत्युको कारण यकिन हुन सकेको छैन । तर शवको प्रकृति हेर्दा अविरल वर्षाका कारण रुझेर बिरामी परेका उनको चीसोले कठ्यांग्रीएर मृत्यु भएको हुनसक्ने अनुमान प्रहरीको छ ।

शव पोष्टमार्टमका लागि वीरगन्जको नारायणी अस्पतालमा पठाइएको र रिपोर्ट आएपछि मृत्युको यकिन कारण खुल्ने वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरीक्षक निरोज चौलागाइँले जानकारीले दिए ।

Related posts

मौन अवधीमा हुन सक्ने चलखेल रोक्न संयुक्त सुरक्षा गस्ती गर्ने निर्णय-प्रजिअ दाहाल

MadhesKhabar

होटलको कोठाबाट खैरो ब्राउन सुगरसहित दुई युवक पक्राउ

MadhesKhabar

पर्सामा १६८ किलाे गाँजा र बाेलेराेसहित दुई जना सशस्त्र प्रहरीको फन्दामा

MadhesKhabar

Leave a Comment