Madhes Khabar
समाचार

बाढीले क्षति गरेपछि अवरुद्ध खानेपानीको आपूर्ति यथाशीघ्र सुचारु गर्न मन्त्री यादवको निर्देशन

काठमाडौं,१३ असोज :खानेपानी मन्त्री प्रदीप यादवले काठमाडौंं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को महाँकालचौर शाखामा बाढीले क्षति पु¥याएको पम्पीङ सिस्टमलाई पुनःस्थापना गरी खानेपानी आपूर्ति सुचारु गर्न निर्देशन दिएका छन् ।

आइतबार स्थलगत अनुगमन गर्दै मन्त्री यादवले बाढीले क्षतिग्रस्त पम्पीङ सिस्टमको पुनःस्थापना प्रक्रिया छिटोभन्दा छिटो सम्पन्न गर्न निर्देशन दिएका हुन् ।मन्त्री यादवले पम्पीङ सिस्टम बन्द हुँदा काठमाडौंका विभिन्न क्षेत्रमा खानेपानी आपूर्ति रोकिएको कारण सर्वसाधारणले भोगिरहेको कठिनाइप्रति गहिरो चिन्ता व्यक्त गर्दै छिटोभन्दा छिटो आपूर्ति सुचारु गर्ने पहल गर्न आग्रह गरे ।

मन्त्री यादवले मन्त्रालयले पुनःस्थापनाका लागि आवश्यक पर्ने सम्पूर्ण सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै सम्बद्ध निकायलाई शीघ्र पुनःस्थापना कार्य सम्पन्न गर्न निर्देशन दिए ।त्यसपछि मन्त्री यादवले सुन्दरी जलस्थित पानी प्रशोधन केन्द्रको पनि निरीक्षण गरे। जहाँ बागमती नदीको पानीमा बढेको धमिलोपनका कारण पानी प्रशोधन प्रक्रिया अवरुद्ध भएको थियो । मन्त्री यादवले धमिलोपन कम भएपछि प्रशोधन प्रक्रिया पुनः सुचारु गरी सोमबारसम्म काठमाडौँका पानी भण्डारण ट्याङ्कीहरूमा खानेपानी आपूर्ति गर्न निर्देशन दिए ।

बाढीले गर्दा कीर्तिपुरस्थित सुन्दरीघाटको इलेक्ट्रोमेकानिकल शाखामा रहेका महत्त्वपूर्ण उपकरणहरू डुबेर ठूलो क्षति पुगेको छ । मन्त्रालयको प्रारम्भिक आकलन अनुसार, बाढीले करिब एक अर्ब रुपैयाँभन्दा बढीको सम्पत्तिलाई प्रभावित बनाएको छ ।

Related posts

धानको भुसभित्र गाँजा लुकाएर तस्करी गर्ने चार जना बारामा पक्राउ

MadhesKhabar

पर्सामा मोटरसाइकल चोरको गिरोह नै पक्राउ

MadhesKhabar

गृहमन्त्रीलाई भेटेर इस्लामी संघले भन्याे :शाेभायात्राले मुस्लिम बस्तीमा पुगेर उक्साएकाले त्याे घटना भयाे

MadhesKhabar

Leave a Comment