Madhes Khabar
समाचार

गृहमन्त्रीलाई भेटेर इस्लामी संघले भन्याे :शाेभायात्राले मुस्लिम बस्तीमा पुगेर उक्साएकाले त्याे घटना भयाे

वीरगन्ज,४बैशाख:इस्लामी संघ नेपालले वीरगन्जमा गत शनिबार भएको घटनाकाे छानबिन गरेर दाेषीहरुलाई कारबाही गर्न माग गरेकाे छ।बिहीबार काठमाडौंमा गृहमन्त्री रमेश लेखकलाई ज्ञापनपत्र बुझाउँदै इस्लामिक संघले उक्त माग गरेकाे हाे।

इस्लामी संघ नेपालले वीरगन्जको घटनालाई सामान्य झडप नभई एक गम्भीर र पूर्वनियोजित (प्रि-प्लान)षड्यन्त्रको हिस्सा भएको दाबी गरेको छ।

गृहमन्त्री लेखकलाई बुझाइएको ज्ञापनपत्रमा भनिएको छ- हनुमान जयन्तीको र्‍यालीका लागि परम्परागत मार्गहरू हुँदाहुँदै पनि मुस्लिम बहुल क्षेत्रमा जानु, त्यो पनि उन्मादी शैलीमा नारा लगाउँदै र केही व्यक्तिहरूले हतियार जस्तो देखिने वस्तु प्रदर्शन गर्दै जानु, वातावरणलाई उत्तेजित बनाउन र मुस्लिम समुदायलाई उक्साउने योजनाको हिस्सा थियो।

उक्त घटनाको निष्पक्ष छानबिन गर्न र जसको कारण यस्तो स्थिति उत्पन्न भयो त्यसमा संलग्नहरूलाई कारबाही गर्न संघका नजरुल हसन फलाहीको माग छ।

इस्लामिक संघले शनिबारकाे घटनामा प्रहरीले समयमै स्थिति नियन्त्रणमा लिन चासो नदेखाएको,अल्पसंख्यक समुदायको सुरक्षालाई प्राथमिकतामा नल्याएकोप्रति पनि गम्भीर आपत्ति जनाएको छ।

उक्त घटनालाई धार्मिक सद्भावमा खलल पुर्‍याउने प्रयासको रूपमा व्याख्या गर्दै संघले सरकारलाई त्यसप्रति गम्भीर हुन चेतावनीसमेत दिएको छ।

 

शनिबार भएको घटना संगठित अपराध भन्दै दोषीलाई कारबाही गर्न गृहमन्त्री रमेश लेखकलाई ज्ञापन पत्र बुझाएको छ ।

बिहीबार सिंहदरबारमा गृहमन्त्री लेखकसँग भेट गरेर संघका अध्यक्ष नजरुल हसन फलाही नेतृको टोलीले वीरगञ्ज घटनामा स्थिति बिग्रन दिनुमा प्रहरी प्रशासन मुकदर्शक भएर बसेको कारण रहेको जनाएको छ ।

‘वीरगञ्जमा हनुमान जयन्ती लगायत अन्य धार्मिक प्रदर्शनमा फरक रुट प्रयोग हुँदै आएकोमा यस पटक मुस्लिम बाहुल्य क्षेत्रबाट रुट निर्धारण गर्नु र योजनाबद्ध रुपमा केही अतिवादी युवाहरूले हतियार प्रदर्शन गर्दै मुस्लिम बस्तीमा आतंक फैलाउन खोज्नु गम्भीर षड्यन्त्रपूर्ण योजनाको द्योतक हो’, ज्ञापन पत्रमा भनिएको छ ।

Related posts

वनमन्त्री यादव अमेरिका प्रस्थान

MadhesKhabar

वीरगन्जबाट हुण्डीको ४१ लाख नगद सहित एक भारतीय युवक पक्राउ

MadhesKhabar

आलुकाे बाेरामा लुकाएर वीरगन्ज नाकाबाट लागू ओैषधकाे तस्करी,एक बालक पक्राउ (भिडियोसहित)

MadhesKhabar

Leave a Comment