Madhes Khabar
समाचार

वीरगन्जको लजमा प्रहरीको छापा : ३० हजार पिस लागू औषधसहित भारतीय युवक पक्राउ

वीरगन्ज, ९ वैशाख :वीरगन्जको एक होटल (लज) मा प्रहरीले छापा मारेर ठूलो परिमाणमा लागू औषधसहित एक भारतीय युवकलाई पक्राउ गरेको छ । भारतको बिहार राज्यको भेलाही घर भएका २० वर्षीय सागर कुमार पटेल पक्राउ परेका हुन् ।

वीरगन्ज ८ लिंकरोडमा रहेको समर होटल एण्ड लजमा लागु औषध ओसार पसार गर्ने संकास्पद व्यक्ति बसेको सूचना प्रहरीलाई प्राप्त भएको थियो । त्यसपछि खटिएको प्रहरी टोलीले उक्त लजको १०५ नम्बर कोठामा पुगेर खानतलासी गर्दा त्यहाँ रहेका पटेलको साथबाट प्रतिबन्धित ट्रामाडोल ट्याब्लेट ३० हजार पिस ( ३ हजार पत्ता ) बरामद भएको हो ।

लागुू औषधसहित पक्राउ परेका पटेललाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए ।

Related posts

मन्त्रालयका कामकारबाहीलाई पारदर्शी र उत्तरदायी बनाउनेछु : खानेपानी मन्त्री यादव

MadhesKhabar

१८ अर्बको अवैध कारोबार गर्ने पर्साका ३ सहित २१ जना पक्राउ ( नाम र ठेगानासहित)

MadhesKhabar

कीट विश्वविद्यालयविरुद्ध कडा कदम चाल्न भारतकै विद्यार्थी संगठनकाे माग

MadhesKhabar

Leave a Comment