Madhes Khabar
समाचार

कीट विश्वविद्यालयविरुद्ध कडा कदम चाल्न भारतकै विद्यार्थी संगठनकाे माग

वीरगन्ज,१९बैशाख:भारतको सबैभन्दा ठूलो विद्यार्थी संगठन अखिल भारतीय विद्या परिषद् (एबीभीपी) ले कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोली (KIIT) विश्वविद्यालयमा नेपाली विद्यार्थी प्रिशा साह मृत भेटिएको घटना अत्यन्त दुखद भएको र विश्वविद्यालयविरुद्ध कडा कदम चालिनुपर्ने माग गरेको छ ।

भारतको ओडिसा राज्यस्थति भुवनेश्वरकाे कीट विश्वविद्यालयमा बिहीबार साँझ बीटेक सिएसईकाे पहिलाे वर्षमा अध्ययनरत छात्रा १९ वर्षीया प्रिशा साह विश्वविद्यालयकै `क्वी सि ४´ छात्रवासकाे काेठामा बिहीबार साँझ झुन्डिएको अवस्थामा मृत भेटिएकी हुन्।साह वीरगन्ज महानगरपालिका वडा नम्बर १५ भिस्वा निवासी श्याम साहकी छाेरी हुन् ।साहकाे स्थायी घर भने सर्लाहीको मलंगवा हाे।प्रिशा एक वर्ष अघि बिटेक अध्ययनका लागि कीट विश्वविद्यालयमा गएकी थिइन् ।

 

विश्वविद्यालयमा बीटेक पहिलो वर्षमा अध्ययनरत छात्रा प्रिशा साह झुन्डिएर मृत अवस्थामा भेटिएको भारतकाे दिल्लीस्थित नेपाली दूतावासलेपनि पुष्टि गरेकाे छ।कलेज प्रशासनले घटनाबारे नेपालमा रहेका मृतकका परिवारजनलाई खबर गरिसकेकाे र उनिहरु कलेजमा आएपछि मात्रै शवकाे पाेष्टमार्टम गरिने जानकारी गराएकाे नेपाली दूतावासले जनाएको छ।शव भुवनेश्वरकाे एम्स हस्पिटलमा राखिएको छ।

यसअघि गत फागुनमापनि नेपालकाे बुटवलकी छात्रा २० वर्षीया प्रकृति लम्सालको त्यही विश्वविद्यालयमा झुन्डिएको अवस्थामा शव भेटिएको थियो ।त्यसबेला विश्वविद्यालयको लापरबाहीले प्रकृतिको मृत्यु भएको भन्दै नेपाली विद्यार्थीले आन्दोलन गरेपछि विश्वविद्यालयका कर्मचारी र सुरक्षागार्डहरुले नेपाली विद्यार्थीहरुलाई कुटपिट गर्दै विश्वविद्यालयबाट निकालेर धपाएका थिए ।त्यहाँबाट कुटपिट गरेर धपाइएका ५ सय बढी विद्यार्थीहरु वीरगन्ज नाका हुँदै घर फर्किएका थिए ।

त्यसको चौतर्फी आलोचना र विरोध भएपछि विश्वविद्यालयले माफी मागेर नेपाली विद्यार्थीहरुलाई क्याम्पस फर्किन आह्वान गरेको थियो । प्रकृति लम्सालको मृत्युको घटनामा एक जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको छ । ओडिसा राज्य सरकारले समेत उक्त घटनाकाे उच्चस्तरीय समिति बनाएर छानबिन गरेको थियो ।

Related posts

वीरगन्जमा हुण्डीको रकमसहित कारोबारी रुंगटा पक्राउ

MadhesKhabar

बाराका सशस्त्र प्रहरी एसपी सिंह हेडक्वार्टर तानिए

MadhesKhabar

वीरगन्ज भन्सार क्षेत्रबाट नगद पाँच लाखसहित एक भारतीय युवक पक्राउ 

MadhesKhabar

Leave a Comment