Madhes Khabar
समाचार

भारतको मुम्बईबाट रौतहटका ६ जना बालकको उद्धार

वीरगन्ज,१८ भदौं :भारतको मुम्बईमा बालश्रममा संलग्न रहेका तथा हराएर पुगेका ६ जना बालकलाई उद्धार गरी नेपाल ल्याइएको छ।

राष्ट्रिय बाल अधिकार परिषद्, संरक्षण नेपाल र बाल हेल्पलाइन १०९८ बाराको समन्वय तथा सहकार्यमा ती बालकहरूको उद्धार गरिएको हो। उद्धार गरिएका ६ बालकमध्ये ४ जना बालश्रममा संलग्न रहेका र २ जना हराएर मुम्बई पुगेका थिए।

उद्धार गरिएका बालकहरूमध्ये रौतहटको परोहा नगरपालिकाका २ जना, इशनाथ नगरपालिकाका २ जना, बृन्दावन नगरपालिकाका १ जना र गुजरा नगरपालिकाका १ जना रहेका छन्। उनीहरू १३ देखि १७ वर्ष उमेर समूहका रहेको संरक्षण नेपालले जनाएको छ।

भारतबाट नेपाल ल्याइएका बालकहरूलाई आवश्यक प्रक्रिया पूरा गरी उनिहरुका अभिभावकको जिम्मा लगाएर घर पठाइएको छ।

Related posts

बारामा दुई वटा मोटरसाइकल आपसमा ठोक्किदाँ एक जनाको मृत्यु

MadhesKhabar

सिरहामा खेत जोत्दै गरेको बेलामा एक किसानको गोली हानी हत्या

MadhesKhabar

गाँजाको व्यावसायिक उत्पादन गर्नका लागि कानुन बनाउने सरकारको घोषणा

MadhesKhabar

Leave a Comment