Madhes Khabar
समाचार

सिरहामा खेत जोत्दै गरेको बेलामा एक किसानको गोली हानी हत्या

सिरहा,१६माघःसिरहाको सदरमुकाममा सिरहा नगरपालिकामा दिउँसै गोली प्रहार गरी एक व्यक्तिको हत्या भएको छ ।ट्याक्टरले खेत जोतिरहेकै बेला प्रेमनाथ यादवलाई गोली हानी हत्या गरिएको हो ।

स्थानीयका अनुसार यादव वडा नम्बर ७ स्थित मैनाबत्ती खोला किनारमा आफ्नै खेत ट्याक्टरले जोतिरहेको अवस्थामा अज्ञात व्यक्तिले गोली प्रहार गरेका थिए । यादवको घटनास्थलमै मृत्यु भएको हो । घटनाबारे जानकारी दिँदै वडा अध्यक्ष महेशकुमार यादवले खेत जोत्न गएका बेला उनीमाथि गोली प्रहार गरी हत्या गरिएको खबर प्राप्त भएको बताए । घटनाबारे विस्तृत विवरण आइसकेको छैन ।

Related posts

यातायात कार्यालय वीरगन्जका अधिकृत गौतमविरुद्ध मुद्दा दायर,साढे २ करोड भ्रष्टचार गरेको आरोप

MadhesKhabar

ठाकुररामको मतगणना विवादबारे उच्च अदालतको आदेश, १५ दिनभित्र लिखित जवाफ पेश गर्न निर्देशन

MadhesKhabar

लुटपाटमा संलग्न एकजना भारतीय हतियारसहित रौतहटबाट पक्राउ

MadhesKhabar

Leave a Comment