Madhes Khabar
समाचार

लुटपाटमा संलग्न एकजना भारतीय हतियारसहित रौतहटबाट पक्राउ

रौतहट,५असारःभारत र नेपालको सीमावर्ती क्षेत्रमा लुटपाटको घटनामा संलग्न रहेको भन्दै एकजना भारतीय युवक हतियारसहित रौतहटबाट पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भारत बिहारको मोतिहारी जिल्ला पूर्वी चम्पारण थाना घोडासहन ग्राम पञ्चायत बसवरिया २ का २० वर्षीय मोनुकुमार जैसवाल रहेको प्रहरीले जनाएको छ।पक्राउ परेका जैसवाल भारतीय प्रहरीको पनि मोस्ट वान्टेड सूचीमा रहेको बताइएको छ।

जैसवाललाई रौतहटको मौलापुर ७ बाट घरेलु कटुवा पेस्तोल १ थान र गोली २ राउन्डसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जैसवालमाथि हातहतियार तथा खरखजाना, चोरी तथा डाँका र ज्यान मार्ने उद्योग मुद्दा दर्ता गरी रौतहट जिल्ला अदालतबाट म्याद थप गराई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटकी प्रहरी नायब उपरीक्षक एलिजा गिरीले बताइन्।

गत जेठ २२ मा मौलापुर नगरपालिका ६ पथरा बुधराममा सडकमै एकजना कर्मचारीमाथि गोली प्रहार भएको थियो। बौद्धिमाई नगरपालिका ८ का २४ वर्षीय अरबिन्द कुमार दास मौलापुर बजारमा रहेको राष्ट्रिय वाणिज्य बैंकमा नगद जम्मा गर्न गइरहेको अवस्थामा उनीमाथि गोली प्रहार भएको थियो। दासमाथि गोली प्रहार गर्ने अपराधीहरुको खोजी र अनुसन्धान गर्ने क्रममा जयसवाल पक्राउ परेको गिरीले बताइन्।साभारःनागरिक

Related posts

सर्लाहीमा एक युवकको बीभत्स हत्या

MadhesKhabar

सभामुख डीपी अर्यालकै गाडीलाई ट्राफिकले काट्यो चिट

MadhesKhabar

तीनकुनेको घरमा आगो लगाएको आरोपमा बाराका उपेन्द्र साहसहित ४१ जना पक्राउ (नामसहित)

MadhesKhabar

Leave a Comment