Madhes Khabar
समाचार

बारामा दुई वटा मोटरसाइकल आपसमा ठोक्किदाँ एक जनाको मृत्यु

बारा,३चैतःबारामा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किदाँ एक जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा बाराकै सिम्रौनगढ नगरपालिका वडा नम्बर ५ का ४५ वर्षिय सुरेन्द्र महतो रहेका छन् ।

सिम्रौनगढ नगरपालिका वडा नम्बर ५ मा सोमबार बेलुकी बीआर ०५ एए ८४४४ र बीआर ३० भी ४६३७ नम्बरको मोटरसाइकललाई ठोक्किदा बीआर ३० भी ४६३७ नम्बरको मोटरसाइकलमा सवार महतो गम्भीर घाइते भएका थिए ।

घाइते महतोको कलैयनास्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। उक्त दुर्घटनामा घाइते भएका बीआर ३० भी ४६३७ नम्बरको मोटरसाइकल चालकको समाज अस्पताल कलैयामा र त्यही मोटरसाइकलमा सवार अर्का एक जनाको हिमाल अस्पताल वीरगन्जमा उपचार भइरहेको छ ।

Related posts

प्रेमिकाले बलात्कारको आराेप लगाएपछि बाराका एक डाक्टर पक्राउ

MadhesKhabar

पर्सामा आचार संहिता उल्लंघन गरि प्रयोग गरिएका चुनावी प्रचारका सामाग्री हटाउन शुरु

MadhesKhabar

बारामा ६३ केजी गाँजासहित दुई वटा मोटरसाइकल बरामद

MadhesKhabar

Leave a Comment