
मधेस खबर
वीरगन्ज,०५जेठ :वीरगन्ज महानगरपालिका वडा नम्बर ७ र २७ मा नेपाली काँग्रेसले कब्जा जमाएको छ ।
वीरगन्ज ७ मा यसअघिको निर्वाचनमा जसपासंग १८ मतको झिनो अन्तरले पराजित भएका काँग्रेसका हिराकाजी महर्जन यसपाली भने जसपाकै उम्मेदवार दिपक महत्तोलाइ १०५ मतले पाखा लगाउदै वडा अध्यक्षमा निर्वाचित भएका छन् ।
महर्जन ५६३ मतका साथ वडाअध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी जसपाका उमेदवार दिपक महतोले २४९ मत पाए भने नेकपा एमालेका उम्मेदवार अरुण क्षेत्री ४५८ मतमै सिसिमत भए ।
यस्तै वीरगन्ज महानगरपालिका वडा नम्बर २७ मा पनि काँग्रेसका उम्मेदवार हृदयनारायण राउत कुर्मी विजयी भएका छन् ।निवर्तमन वडा अध्यक्ष एंव नेकपा एमालेका उम्मेदवार प्रदीप कुमार यादवलाइ ४०५ मतले पाखा लगाउदै कुर्मी वडा अध्इक्षमा निर्वाचित भएका हुन् । कुर्मी १५१६ मतका साथ वडाअध्यक्षमा विजयी भएका हुन् । एमालेका प्रदीपले भने १११६ मत र जसपा उमेदवार नागेन्द्र यादवले ४३६ मत मात्रै प्राप्त गरे ।

