
राैतहट,३०साउन:रौतहटको परोहा नगरपालिका वडा नम्बर ९ खापड टोलमा रहेकाे कल्भर्टमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा खापट टोलका शेख मेहबुल हककी छाेरी ५ पाँच वर्षीया फातमा खातुन रहेकी छन् ।
शनिबार दिउँसो बाख्रा चराउन घरबाट निस्किएकी खातुन कल्भर्टको पर्खालबाट खाल्डाेमा खसेर जमेको पानीमा डुब्दा उनकाे मृत्यु भएको प्रहरीले जनाएको छ । ती बालिका पानीमा डुबेको देखेपछि स्थानीयले तत्कालै बाहिर निकालेका थिए । घटनाको जानकारी पाउनासाथ प्रहरी टोली घटनास्थल पुगेको थियो ।
मृतक बालिकाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको जिल्ला प्रहरी कार्यालय राैतहटले जनाएकाे छ ।

