वीरगन्ज,१८ साउनः सशस्त्र प्रहरीले वीरगन्जका विभिन्न स्थानबाट तस्करीको आशंकामा २३ लाख रुपैयाँ बढी मूल्यका सममानहरु बरामद गरेको छ ।
वीरगन्जको गण्डक,छपकैया र इनर्वाबाट आइतबार र सोमबार गरी दुई दिनमा सशस्त्र प्रहरीले कपडा, हार्डवेयर, कम्प्युटर पार्टस,मोटरसाइकल पार्टस गरी २३ लाख ५८ हजार ९० रुपैयाँ बराबरका सामान बरामद गरेको हो ।
सीमा सुरक्षा गुल्म हेडक्वाटर वीरगन्ज, बोर्ड आउटपोष्ट सिर्सिया र सीमा सुरक्षा गुल्म हेडक्वाटर. भिखमपुरबाट खटिएको सशस्त्र प्रहरीको टोलीले तस्करीमा प्रयोग गरिएका म्याजिक भ्यान र टाँगासहित ती समानहरु बरामद गरेको सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाले जानकारी दिए ।
बरामद सामान र सवारीसाधन आवश्यक कारबाहीका लागि सोमबार वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको निरौलाले बताए।

