Madhes Khabar
समाचार

भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा ४ जना नेपालीको पनि मृत्यु

काठमाडौं,१०माघःभारतको महाराष्ट्रको जलगाउँमा बुधबार बेलुकी भएको रेल दुर्घटनामा चार जना नेपालीकोपनि मृत्यु भएको छ । उक्त दुर्घटनामा हालसम्म १३ जनाको मृत्यु भएकोमा तीमध्ये चार जना नेपाली पनि रहेका छन् । दुर्घटनामा १० जना पुरुष र ३ जना महिलाको मृत्यु भएको जलगाउँका जिल्ला कलेक्टर आयुष प्रसादले द इन्डियन एक्सप्रेसलाई बताएका छन् ।

उक्त दुर्घटनामा नेपालका ११ वर्षीय नन्दराम विश्वकर्मा, २३ वर्षीय लच्छीराम पासी , ४३ वर्षीया कमला भण्डारी र हिमु विश्कर्माको मृत्यु भएको जनाइएको छ । कमला भण्डारीको घर कैलालीको मोहन्याल गाउँपालिका–६ हो ।अरु दुई नेपालीको ठेगाना खुल्न सकेको छैन ।

हालसम्म नेपाली नागरिकसहित सातजनाको शव पहिचान भइसकेको दैनिक भास्करले जनाएको छ ।लखनऊबाट मुम्बई जाँदै गरेको पुष्पक एक्सप्रेस रेलको एउटा डब्बामा आगो लागेको हल्ला फैलिएपछि आत्तिएका केही यात्रुले ‘अलार्म चेन’ तानेर रेल रोकेका थिए । त्यसपछि हतारहतारमा केही यात्रु रेलबाट हाम फालेका थिए ।त्यसै बेला विपरीत दिशाबाट आउँदै गरेको कर्नाटक एक्सप्रेसल रेलले उनीहरूलाई किचेको थियो ।

Related posts

वीरगन्जको माइधिया पोखरी छेउमा अपरिचित व्याक्तिको शव भेटियो

MadhesKhabar

मधेससहित देशभर अझै दुईदिन पानी पर्ने सम्भावना

MadhesKhabar

पर्सामा तोकिए निर्वाचन आचारसंहिता अनुगमन अधिकृत

MadhesKhabar

Leave a Comment