Madhes Khabar
समाचार

खानेपानी मन्त्री प्रदीप यादवकाे कार्यकक्षमा आगलागी,दुई जना पक्राउ (तस्बिरहरू)

तस्बिर :रासस

काठमाडौं,२६माघ:खानेपानी मन्त्री प्रदीप यादवको कार्यकक्षमा आगलागी भएको छ । शनिबार बिहान अकास्मात् मन्त्रीको कार्यकक्षमा आगलागी हुँदा त्यहाँ झ्यालमा लगाइएका पर्दा, कार्पेट, टेबल र कुर्सीहरू समेत जलेका छन् ।

 

खानेपानी मन्त्रीको कार्यकक्षमा मन्त्रीको कार्यकक्षमा भएकाले आगलागी भएकाले कतिपय महत्वपूर्ण कागजातहरू समेत जलेको हुन सक्ने आशंका गरिएको छ । आगो लाग्ने बित्तिकै थाहा भएका कारण प्रहरीले नियन्त्रणमा लिन सफल भएको छ ।

तस्बिर:नेपाल प्रहरी ।

अहिले आगो नियन्त्रणमा आइसकेको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी अपिल बोहराले जानकारी दिए। ‘खानेपानी मन्त्रीज्यूकै कार्यकक्षमा आगलागी भएको छ। अहिले आगो नियन्त्रण भइसक्यो । केही कागजातहरू पनि जलेको देखिएको छ,’ उनले भने । घटना शंकास्पद रहेकाले मन्त्रालयका दुई जना कर्मचारीलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको एसपी बोहराले जानकारी दिए ।साभार:कान्तिपुर

तस्बिर :नेपाल प्रहरी ।

Related posts

नेतृत्वको असक्षमताका कारण पत्रकार महासंघकाे चुनाव फेरि स्थगित

MadhesKhabar

पूर्वराजा ज्ञानेन्द्र शाहले भने:कश्मीरमा हिन्दूवादी माथिको आक्रमण निन्दनीय

MadhesKhabar

पर्सागगढीबाट तस्करीको काठ बरामद

MadhesKhabar

Leave a Comment