Madhes Khabar
समाचार

ठोरीको समस्या र विकास बारे मुख्यमन्त्री राउतलाई भेटेर ध्यानाकर्षण

मघेसखबर

वीरगन्ज,२९जेठ : पर्साको ठोरी गाउँपालिका अध्यक्ष लाल बहादुर श्रेष्ठ र उपाध्यक्ष गोकुली रेग्मीले मधेस प्रदेशका मुख्यमन्त्री लालबाबू राउतलाइ भेटेर ठोरीको समस्या बारे ध्यानाकर्षण गराएका छन् ।

आइतबार जनकपुर स्थित मुख्यमन्त्री कार्यालयमै पुगेर उनीहरुले मुख्यमन्त्री राउतको ध्यानाकर्षण  गराएका हुन्।भेटका अवसरमा ठोरीको ठुटेखोला तटबन्धका बिषयमा कुराकानी भएको र हुलाकी सडक मार्फत तत्काल तटबन्ध सुरु गर्न हुलाकी सडक कार्यालयलाई मुख्यमन्त्री राउतले निर्देशन दिएको गापा अध्यक्ष श्रेष्ठले बताए ।

साथै ठोरीको पर्यटकीय क्षेत्रको बिकास र भावी योजनाका बारेमा पनि  सकारात्मक छ्लफल भएको  श्रेष्ठको भनाई छ । मुख्यमन्त्री राउतले भने  ठोरीलाई मधेस प्रदेशकै पहिलो पर्यटकीय क्षेत्र घोषणा गरेकाले प्रदेश सरकारको सधैं ध्यानाकर्षण भइरहने  बताए।

Related posts

वीरगन्ज क्षेत्रको विद्युत आपूर्ति सुधार्न ठुला क्षमताका प्रसारण लाइन तथा सबस्टेसन बन्दै

MadhesKhabar

बारा–४ मा रास्वपाका रहबर अन्सारीको अग्रता दाबी, परिवर्तनको पक्षमा जनमत रहेको भनाइ

MadhesKhabar

पर्साको हरपुरबाट गाजा सहित विश्रामपुरका दुइ जना पक्राउ

MadhesKhabar

Leave a Comment