Madhes Khabar
समाचार

पर्साको हरपुरबाट गाजा सहित विश्रामपुरका दुइ जना पक्राउ

मधेसखबर
वीरगन्ज,०२साउन : पर्साको पर्सागढी नगरपालिका वडा नम्बर ८ हरपुरबाट प्रहरीले लागु पदार्थ गाजा सहित दुइ जनालाइ पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्साकै बहुदरमाई नगरपालिका वडा नमबर ९ विश्रामपुरका ३४ वर्षिय सुरेन्द्र पटेल र त्यहि ठाँउका ४५ वर्षिय जवाहीर राउत रहेका छन् । उनिहरुको साथबाट ६ किलोग्राम गाजा बरामद भएको हो ।

ईलाका प्रहरी कार्यलय एकटाङ्गाका बरिष्ठ प्रहरी नायव निरीक्षक कुल बहादुर कुवँरको नेतृत्वमा खटिएको प्रहरी टोलीले सोमबार बिहान ६ बजे तितर पर्सागढी नगरपालिका ८ हरपुरमा पटेल र राउत सवाार प्रदेश ०२–०३–०२० प ८८०० नम्बरको मोटरसाइकल रोकेर चेकजाच गरेको थियो ।

त्यस क्रममा उनिहरुले बोकेको ठूलो झोला भित्र लुकाई राखेको ६ किलोग्राम गाजा बरामद भएको जिल्ला प्रहरी कार्यलय पर्साले जनाएको छ ।

Related posts

पर्सा मुद्रक उद्योग संघको अध्यक्षमा कुशवाहा र उपाध्यक्षमा मिश्रा चयन

MadhesKhabar

खानेपानी मन्त्री यादव स्पेन प्रस्थान

MadhesKhabar

बारामा २० केजी चरेस सहित तीन जना पक्राउ

MadhesKhabar

Leave a Comment