Madhes Khabar
समाचार

काठमाडौंमा सर्लाहीका लघुवित्त पीडित नथुनीले गरे आत्मदाहको प्रयास,प्रहरीले गर्‍यो उद्धार

काठमाडौं,२७ साउनः काठमाडौँको माइतीघरमा पनि बुधबार एक लघुवित्त पीडितले आत्मदाहको प्रयास गरेका छन् । सर्लाहीको चन्द्रनगर–६ घर भएका ४० वर्षीय नथुनी मुखियाले शरीरमा पेट्रोल छर्किसकेको अवस्थामा प्रहरीले उद्धार गरेको हो । उनको अहिले वीर अस्पतालमा उपचार भइरहेको छ ।तर उनको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

माइतीघरमा लघुवित्त पीडितहरूको प्रदर्शनमा सहभागी भएका मुखियाले शरीरमा पेट्रोल छर्किसकेको अवस्थामा उनलाई उद्धार गरेर अस्पताल पठाइएको काठमाडौँका एसएसपी दिलीप घिमिरेले जानकारी दिए।

Related posts

प्रहरीसंगको झडपमा १५ शिक्षक घाइते, भोलिदेखि आन्दोलन थप चर्काउने महासंघको चेतावनी

MadhesKhabar

खानेपानीका क्षेत्रमा भएका समस्या समाधान गर्छु : मन्त्री यादव

MadhesKhabar

पर्साको श्रीपुरबाट १२ जना जुवाडे नगद रकमसहित पक्राउ

MadhesKhabar

Leave a Comment