Madhes Khabar
समाचार

खानेपानीका क्षेत्रमा भएका समस्या समाधान गर्छु : मन्त्री यादव

धनगढी,२४ पुसःखानेपानीमन्त्री प्रदीप यादवले सुदूरपश्चिममा भएका खानेपानीका समस्या समाधान गरिने बताएका छन् । सुशासन तथा वित्तीय अनुशासनसम्बन्धी कार्यशाला गोष्ठी, २०८१ संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना वीरेन्द्रनगर, सुर्खेत र धनगढी, कैलालीको उद्घाटनका लागि सुदूरपश्चिमको धनगढी पुगेका मन्त्री यादवले त्यहाँका गाउँ टोलमा खानेपानी सम्बन्धिका सबै समस्या समाधान गर्ने बताएका हुन् ।

उनले भने, “खानेपानीका क्षेत्रमा के के समस्या छन, म देश भरीमा अनुगमनका लागि दौडिरहेको छु । नागरिकलाई शुद्ध खानेपानी बितरण गर्ने मेरो पहिलो लक्षर उदेश्य हो । नागरिकको घर घरमा शुद्ध खानेपानी पु¥याउँछौँ ।”

मन्त्री यादवले देशभरका नागरिकलाई शुद्ध खानेपानी पु¥याउनु आफ्नो प्रमुख दायित्व भएको बताउँदै भने, “आम नेपाली नागरिकलाई शुद्ध खानेपानी दिनु मेरो प्रमुख दायित्व हो । म आम नागरिकलाई शुद्ध पानी वितरणका लागि सधै कटिबद्ध छु । खानेपानीका क्षेत्रमा भएका समस्या बुझन म सुदूरपश्चिमको कैलाली आइ पुगेको छु । समस्या समाधान गरेरै छोड्छु ।”

उनले भने, “सरकारको एक घर एक धाराको अवधारणा अनुसार मन्त्रालय विभिन्न खानेपानी आयोजनाको क्षेत्रमा काम गरिरहेको छ । सुदूरपश्चिमका नागरिकका खानेपानीका समस्या समाधान गरेरै छोड्छौँ ।”

आम नेपाली नागरिकलाई शुद्ध खानेपानीको पहुँचमा पु¥याउन प्रधानमन्त्री केपी शर्मा ओलीको पनि स्पष्ट निर्देशन रहेकाले आफुले पनि मन्त्रालय सम्हालेदेखि हाल सम्म नागरिकका खानेपानीका समस्या दीर्घकालिन रुपमा समाधान गर्नतर्फ अग्रसर रहेका उनको भनाई थियो ।

पछिल्लो समय चुरे दोहन तथा जलवायु परिर्वतनका कारण पानीका मुहानहरु सुक्दै जान थालेकाले तराइँ लगायतका क्षेत्रमा भुमिगत पानी सुक्न थालेको एवं चापाकलमा समेत पानी आउन बन्द हुँदा नागरिकलाई पानीको समस्या झन थपिँदै गएको उनको भनाई थियो ।

तराइँ क्षेत्रमा भुमिगत पानी संरक्षण गर्नका लागि चुरे दोहन गर्ने कार्य यथासक्के रोक्नु पर्ने मन्त्री यादवले धारणा राखे ।उनले भने, “चुरे दोहनले तराइँमा भुमिगत पानी सुक्न थालेका छन् । विकासका नाममा चुरे दोहन गर्नेलाई कडा कारवाही गर्न जरुरी छ ।”

कार्यक्रममा मन्त्रालयका सचिव प्रमिलादेबी शाक्य बज्रचार्य, सहसचिव रामबाबु पुरी, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक रामकुमार श्रेष्ठ लगायतकोपनि सहभागिता रहेको थियो ।

Related posts

ग्लोबल आइएमई लघुवित्तद्वारा छात्रवृति प्रदान

MadhesKhabar

महिलाहरूलाई उद्यमी बनाउने सानो पाइलाको प्रयास सराहनीय छ : कानुनमन्त्री चौरसिया

MadhesKhabar

प्रधानमन्त्री बालेन्द्र शाहको मधेस प्रदेशका सान्सदहरुसंग छलफल चलिरह्दा, युवा नेता महादेव कुर्मिले दिए यस्ता सुझाव

MadhesKhabar

Leave a Comment