Madhes Khabar
समाचार

पर्साको श्रीपुरबाट १२ जना जुवाडे नगद रकमसहित पक्राउ

वीरगन्ज,३१ जेठः पर्साको सखुवा प्रसौनी गाँउपालिकाबाट प्रहरीले १२ जना जुवाडेलाई नगद रकमसहित पक्राउ गरेको छ ।
सखुवा प्रसौनी गाँउपालिका वडा नम्बर २ श्रीपुर बजारस्थित एक घरमा तास खेल्दै गरेको अवस्थामा १२ जनाा जुवाडेलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका जुवाडेहरुको नाम र ठेगाना भने प्रहरीले सार्वजनिक गरेको छैन ।

जुवाको खालबाट नगद ४१ हजार ३३५ रुपैयाँ र ५ बुक तासपनि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । पक्राउ गरिएका जुवाडेहरुलाई प्रहरी हिरासतमा राखेर कानूनी कारबाहीको प्रकृया अगाडि बढाइएको पर्साका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए ।

Related posts

प्रिती पासवानलाई शान्ति सुरक्षा दिन माग गर्दै पर्साका सिडिओलाई बुझाइयाे ज्ञापनपत्र

MadhesKhabar

थारु पत्रकार संघ पर्साको अध्यक्षमा पुनम चाैधरी

MadhesKhabar

रेडियो अडियोका सञ्चालक एवं पत्रकार दीपेन्द्र खनियाँ मृत फेला

MadhesKhabar

Leave a Comment