वीरगन्ज,१३असार:थारु पत्रकार संघ पर्साको अध्यक्षमा पुनम चाैधरी चयन भएकी छन्।वीरगन्जमा सम्पन्न संघकाे जिल्ला अधिवेशनले चाैधरीकाे अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेकाे हाे।
अधिवेशनबाट संघकाे पुनम उपाध्यक्षमा रामकिशाेर चाैधरी, उपाध्यक्ष(महला)मा एन्जल चौधरी,सचिवमा अर्जुन चाैधरी, सहसचिवमा अजय पञ्जियार र कोषाध्यक्षमा सञ्जय दास थारु चयन भएका छन्।
शम्भु महतो थारुको सभापतित्वमा सम्पन्न अधिवेशनमा शान्तकुमार चौधरी प्रमुख अतिथि, सन्तोष दहित विशिष्ट अतिथि तथा दुष्यन्त चौधरी, परमानन्द चौधरी, शेखर चौधरी, ओमप्रकाश चौधरीलगायतको पनि उपस्थिति रहेको थियो।

