Madhes Khabar
समाचार

प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका बारेमा प्रधानमन्त्री बालेनले देखाए चासो

बारा,२६भदाैं:प्रधानमन्त्री बालेन्द्र (बालेन)शाहले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलजस्ता राष्ट्रिय गौरवका र रणनीतिक पूर्वाधार निर्माणमा निजी क्षेत्रको लगानी भित्र्याउने विषयमा चासो देखाएका छन् ।

नेपालका शीर्ष उद्योगपतिहरूसँग शुक्रबार भएको छलफलमा प्रधानमन्त्री शाहले निजगढ विमानस्थलसहित ठूला पूर्वाधारमा निजी क्षेत्रको लगानी आकर्षित गर्ने बारे परामर्श गरेका हुन् ।

भेटमा प्रधानमन्त्री शाहले निजगढ विमानस्थल निजी क्षेत्रले निर्माण गर्न सक्छ कि सक्दैन भन्दै जिज्ञासा राखेका थिए । जवाफमा उद्योगीहरूले निजी क्षेत्र एकापसमा मिलेर यस्ता ठूला आयोजना निर्माण गर्न सक्षम रहेको स्पष्ट पारेका थिए ।

 

ठूला आयोजनामा लगानी भित्र्याउन विद्यमान जटिल र अप्ठ्यारा कानुनहरू बाधा बनेको भए तिनलाई संशोधन गरेरै भए पनि सरकारले पूर्ण सहजीकरण गर्ने आश्वासन प्रधानमन्त्रीले दिएका छन् । छलफलमा सहभागी आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकाल र गोल्यान ग्रुपका संस्थापक पवन गोल्यानका अनुसार भेटघाट निकै सकारात्मक र उत्साहजनक रहेको छ ।

भेटमा उद्योगी विनोद चौधरी, आईएमई ग्रुपका अध्यक्ष ढकाल, पूर्वराज्यमन्त्री उमेश श्रेष्ठ र गोल्यान सहभागी थिए ।साभार:इशिलालेख

Related posts

सुन तस्करी काण्डमा पूर्वसभामुख महराविरुद्ध विशेष अदालतमा मुद्दा दायर

MadhesKhabar

पर्सामा सशस्त्र प्रहरीद्वारा खेतबाटै १०६ बोरा गँहु र २८ बोरा चामलको कनिका बरामद

MadhesKhabar

रसुवाको विनाशकारी बाढीपछि बेपत्ता भएका पर्साका १७ मध्ये २ जनामात्रै सम्पर्कमा आए

MadhesKhabar

Leave a Comment