Madhes Khabar
समाचार

रसुवाको विनाशकारी बाढीपछि बेपत्ता भएका पर्साका १७ मध्ये २ जनामात्रै सम्पर्कमा आए

वीरगन्ज,११भदौंःरसुवाको भोटेकोशीमा बुधबार आएको विनाशकारी बाढीपछि पर्साबाट रोजगारी तथा व्यवसायका सिलसिलामा रसुवा पुगेका १७ जना व्यक्ति सम्पर्कविहीन भएकोमा तीमध्ये हालसम्म २ जना सम्पर्कमा आएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर मल्लका अनुसार रसुवामा आएको विनाशकारी बाढीपछि विभिन्न कामका शिलशिलाम रसुवामा रहेका पर्सा जिल्लाका १७ जना व्यक्ति सम्पर्कविहीन भएकोमा तीमध्ये हालसम्म २ जना परिवारको सम्पर्कमा आएको उनिहरुका परिवारजनले जानकारी गराएको प्रहरी नायब उपरिक्षक मल्लले बताए । अन्य सम्पर्कविहीन भएकाहरूको खोजी तथा अवस्थाबारे जानकारी संकलन भइरहेको प्रहरी नायब उपरीक्षक मल्लले जानकारी दिए ।

बुधबारदेखि सम्पर्कविहीन भएका १७ जनामध्ये सर्लाहीको लालबन्दी घर भई हाल वीरगन्जमा बस्ने गाडी चालक ज्ञान बहादुर थिंग र अर्का गाडी चालक श्यामलाल मोक्तान रहेका छन् ।

हालसम्म सम्पर्कविहीन रहेकाहरुमा पर्साको वीरगन्ज महानगरपालिका–१२ मुर्ली नयका टोल निवासी कमरुल अन्सारी र नयका टोलकै श्याम बाबु ठाकुर रहेका छन् । यस्तै, पर्साको ठोरी गाउँपालिका–४ स्थायी घर भई रसुवा भन्सार कार्यालयमा भन्सार एजेन्टका रूपमा कार्यरत विशाल तिमिल्सिना पनि बुधबार बिहान रसुवा भन्सार कार्यालय टिमुरेबाट सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।

वीरगन्ज महानगरपालिका–१५ भिस्वा घर भएका सुनिलमान डंगोल पनि रसुवा नाकाबाट गाडी पास गराएर एक÷दुई दिनमा घर फर्किने बताएको भएपनि हालसम्म परिवारको सम्पर्कमा नआएको प्रहरीले जनाएको छ ।त्यस्तै वीरगन्ज–२८ उदयपुरघुर्मीका एक ट्रक चालक पनि सम्पर्कविहीन भएको बताइएको छ । वीरगन्ज–१५ का श्यामबाबु ठाकुर,त्यही ठाँउका पृथ्वी चौधरी, वीरगन्ज–१४ का नगनारायण पटेलपनि हालसम्म परिवारजनको सम्पर्कमा नआएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सम्पर्कविहीन हुने अन्यमा वीरगन्ज–४ का अनुतम बहादुर श्रेष्ठ, परवानीपुरका समिम देवान, वीरगनेज–४, बिर्ताका अनुतमबहादुर श्रेष्ठ, हेटौँडा–११ बस्तिपुर भई वीरगन्जमा बस्दै आएका अभिषेक बस्तोला र घनश्याम बस्तोला तथा निजगढ बारा घर भइ वीरगन्ज बस्दै आएका दिनेश परियार छन् ।

यसैबीच पर्साको ठोरी–३ नयाँबस्ती निवासी धनराज घलान पनि रसुवामा बाढीपछि सम्पर्कविहीन भएका छन् । घलान रोजगारीको सिलसिलामा रसुवाको मैलुङस्थित २१६ मेगावाट क्षमताको जलविद्युत् आयोजनामा क्रेन अपरेटरका रूपमा कार्यरत रहेको परिवारजनले बताएका छन्।सम्पर्कविहीन व्यक्तिहरूको खोजी तथा उनीहरूको अवस्थाबारे यकिन गर्ने कार्य भइरहेको मल्लले बताए ।

Related posts

साउदी अरबले ६५ जना नेपालीलाई दियो आममाफी

MadhesKhabar

मधेसमा बारम्बार मुख्यमन्त्री फेरिँदा अलपत्र परेका योजना : साइकलदेखि छोरी बीमासम्म

MadhesKhabar

बाराको जितपुरबाट ठुलो परिमाणमा लागुऔषध गाँजा सहित २ जना पक्राउ

MadhesKhabar

Leave a Comment