Madhes Khabar
समाचार

बाराको जितपुरबाट ठुलो परिमाणमा लागुऔषध गाँजा सहित २ जना पक्राउ


मधेसखबर
वीरगञ्ज , भाद्र ५ गते । बाराको जितपुरबाट ठुलो परिमाणमा प्रतिबन्धित लागु औषध गाँजा सहित २ जना प्रक्राउ परेका छन् ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय जितपुरको टोलीले चेकजाँच गर्दा ती युवकको साथबाट २ वटा पोकामा रहेको १२ किलोग्राम लागुऔषध गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

लागु औषध गाँजा सहित चितवनको राप्ती नगरपालिका वडा नम्बर १२ निवासी २६ वर्षीय रामकुमार प्रजा र १८ वर्षीय युवराज प्रजा पक्राउ परेका छन् ।

पक्राउ परेका दुवै युवकमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।

Related posts

नेपाल-भारत युवा मैत्री संघ पर्साकाे अध्यक्षमा कांग्रेस युवा नेता यादव मनाेनित

MadhesKhabar

मधेश प्रदेशका एक हजार भन्दा बढी मतदान स्थल अति संवेदनशील

MadhesKhabar

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ

MadhesKhabar

Leave a Comment