तस्विर: बिबिसि
वीरगंज १,फागुन: फागुनमा २१ हुने प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मधेश प्रदेशका कुल दुई हजार १६० मतदानस्थलमध्ये एक हजार २४६ मतदानस्थल अति संवेदनशील रहेको प्रहरीले कार्यालयले जनाएको छ ।
मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार भारतीय सीमासँग जोडिएका अधिकांश मतदानस्थल अतिसंवेदनशीलमा वर्गीकरण गरिएका छन् । त्यसको अनुगमन तथा सुरक्षाका उपायबारे योजनाबद्ध काम भइरहेको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
मधेश प्रदेशमा प्रतिनिधिसभाका लागि ३२ वटा निर्वाचन क्षेत्र रहेकामध्ये ७५५ मतदानस्थल संवेदनशील र १५९ मतदानस्थल सामान्य रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
मधेश प्रदेशमा कुल चार हजार ४७१ मतदान केन्द्र छन् । विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी एक हजार २८ जना उम्मेदवार छन् । मधेश प्रदेशमा ३५ लाख १७ हजार १२३ मतदाता छन् । जसमा पुरुषको सङ्ख्या १९ लाख पाँच हजार ८१९ र महिलाको सङ्ख्या १६ लाख ११ हजार ३०४ रहेको जनाइएको छ ।

