Madhes Khabar
अर्थतन्‍त्र हेडलाइन

सरकार विरुद्ध वीरगन्जका उद्योगी व्यपारी सडक आन्दोलनामा

मधेसखबर
वीरगन्ज,११ पुष : बैंकको चर्को ब्याजदर र नेपाल राष्ट्र बैंकको चालु पुँजी कर्जा मार्गदर्शन निर्देशिकाको विरोधमा वीरगन्जका उद्योगी व्यवसायी पनि सडक आन्दोलनमा उत्रिएका छन् ।

चर्को व्याजदर र सरकारको अव्यवहारीक नितिका कारण उद्योग व्यपार चलाउन असहज भएको भन्दै सोमबार वीरगन्जमा वीरगन्ज उद्योग वाणिज्य संघको अगुवाइमा उद्योगी व्यपारीले प्रदर्शन गरेका छन् ।

संघको कार्यालय परिसरबट निस्किएको विरोध रयाली नगर परिक्रमा गर्दै आदर्शनगर स्थित नेपाल राष्ट्रिय बैंकको वीरगन्ज शाखा अगाडी पुगेर कोण सभामा परिणत भएको थियो ।

कोणसभामा बोल्दै उद्योगीहरुले पछिल्ला २ वर्ष कोभिडका कारण जर्जर अवस्थामा पुगेका नीजि क्षेत्रलाई उकास्न सरकारले विशेष प्याकेज ल्याउनुको सट्टा झन धराशायी बनाउने नीति ल्याएकोले आफुहरु सडक आन्दोलनमै उत्रिएको बताए ।
विगत ८ महिनादेखी सरकारको बैंंक सम्बन्धि अव्यवहारिक नितिका कारण नीजि क्षेत्र झन् प्रतिकुल अवस्थामा पुगेको तथा कतिपय उद्योगीका घर लिलाम हुने अवस्थामा पुगेको र उद्योग कलकारखाना बन्द समेत समेत हुदा यसप्रति सरकारको ध्यान नपुगेको उद्योगीहरुको गुनासो छ ।

सरकारले अब पनि ध्यान नदिए आन्दोलनलाई जारी नै राख्ने चेतावनी समेत उनिहरुले दिएका छन् ।

बंैकको चर्को व्याज दरलाई एकल विन्दुमा ल्याउनुपर्ने , बैंकको प्रिमियम दर बेस रेटको अधिकतम २० प्रतीशतसम्म थप्न पाउने व्यवस्था हुनुपर्ने ,बैंकले कर्जामा बढाएको अव्यवहारिक प्रिमियम रकम फिर्ता गर्नुपर्ने लगायतका माग उद्योगीहरुको छ ।

कोणसभालाई सम्बोधन गर्दै वीरगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष डाक्टर सुबोध कुमार गुप्ताले सरकारले निजी क्षेत्रलाई हेपेको आभाष भईरहेको बताए । उनले यो म्लुकमा उद्योग र उधोगी नै नरहे देश विकास र रोजगारको सपना सरकारले नदेखे पनि हुने बताए ।उनले कोभिडका कारण थलिएको नीजी क्षेत्रलाई जोगाउनुको सट्टा उधोग तथा उद्योगीको उठीबास गराउने तर्फ अग्रसर नहुन बैंकहरुलाई आग्रह गरे । सरकारले समय छदै निजि क्षेत्रबारे विचार नगरे कडा स्वरुपको चरणबद्ध आन्दोलन तर्फ लाग्न आफुहरु बाध्य हुने चेतावनी समेत उनले दिए ।

उद्योगी गणेश लाठले उद्योगीहरु आफुहरु अभिभावक विहीन भएको महसुश भईरहेको दुखेसो पोखे । व्यापारीको काम आफुले कमाएर राजश्व सरकारलाई बुझाउने , रोजगारी दिने ,देश विकासमा टेवा पुर्याउने भएपनि सरकारले आफुहरुलाई आन्दोलन गर्न बाध्य बनाएको गुनासो उनले गरे ।व्यापारी तथा उद्योगीका लागि सहज वातावरण बनाइदिन सरकारलाई आग्रह गर्दै उनले भन ,‘ सरकारले उद्योगीको गुहार अझै सुनेन भने चरणबद्ध आन्दोलन जारी नै रहन्छ ।

Related posts

पर्साका सांसद अजय चाैरसिया ओेली सरकारमा कानुन मन्त्री बन्दै

MadhesKhabar

कर्मचारी अभावले कृषि ज्ञान केन्द्र पर्साको सेवा प्रभावित

MadhesKhabar

पर्सामा विकास बजेट ४२ प्रतिशत मात्र खर्च

MadhesKhabar

Leave a Comment