Madhes Khabar
समाचार

पर्सामा सशस्त्र प्रहरीद्वारा खेतबाटै १०६ बोरा गँहु र २८ बोरा चामलको कनिका बरामद

वीरगन्ज,३१बैशाखःपर्साको ग्रामीण भेगबाट सशस्त्र प्रहरीले भारतबाट भन्सार राजश्व छलेर ल्याइएको ठूलो परिमाणमा गँहु र चामलको कनिका बरामद गरेको छ ।

बिन्दवाासिनी गाँउपालिका वडा नम्बर ४ अमरपट्टी नाकास्थित खेतमा भण्डारण गरेर राखिएको १०६ बोरा गँहु र २८ बोरा चामलको कनिका बरामद गरेको हो । १०६ बोरामा रहेको ५३ क्वीन्टल गँहु र र २८ बोरामा रहेको ११ क्वीन्टल ६४ केजी चामलको कनिका बरामद गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्रबहादुर सिंहले जानकारी दिए ।

उनका अनुसार, तस्करहरुले भारतबाट भन्सार राजश्व छलेर ल्याएको गँहु र चामलको कनिकाको बोरा घरअगाडिको खेतमा जम्मा गरेर राखकै अवस्थामा बुधबार दिउँसो सशस्त्र प्रहरीले बरामद गरेको हो ।

वीरगन्जस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्सा र सीमा सुरक्षा गुल्म अलौबाट खटिएको संयुक्त टोलिले उक्त गहँु र चामलको कनिका बरामद गरेको सिंहले बताए । बरामद गँहु र चामलको कनिकाको बजार मूल्य २ लाख ३१ हजार २० रुपैयाँ मूल्यांकन गरेर आवश्यक कारबाहीका लागि बुधबार नै वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको उनले जानकारी दिए ।

 

Related posts

वीरगन्जका एक पुरुष काठमाडौंमा मृत फेला

MadhesKhabar

आगामी निर्वाचनमा पनि पर्सा जिल्लामा जसपाले कब्जा जमाउछ : वन मन्त्री प्रदीप यादव

MadhesKhabar

पर्साका १४ स्थानीय तह – कुन पालिकाको मतगणना कहा ?

MadhesKhabar

Leave a Comment