
मधेसखबर
वीरगन्ज,२७ बैशाख : बैशाख ३० मा हुने पालिका निर्वाचनको मतगणनाका लागि पर्सामा मतगणना स्थलहरु तेकिएको छ । जिल्ला निर्वाचन कार्यालय पर्साको सिफारिसमा निर्वाचन आयोगले पर्साका १४ वटै पालिकाहरुको मतगणनास्थल निर्धारण गरेको हो । जस अनुसार वीरगन्ज महानगरपालिकाको मतगणना स्थल वीरगन्ज १४ पिपरा स्थित नृसिंह माविलाइ तोकिएको छ ।
पोखरीया नगरपालिकाको मतगणनाका लागि पोखरीया ४ पोखरीया बजारमा रहेको जिल्ला उच्चांगल रामदेव कलवार मावि , पर्सागढी नगरपालिकाको लागि पर्सागढी ८ हरपुर स्थित नेपाल राष्ट्रिय आधारभुत विद्यालयलाइ र बहुदरमाइ नगरपालिकाको लागि बहुुदरमाइ ४ स्थित नगरपालिका कार्यालय भवनलाइ मतगणना स्थल तोकिएको छ ।
छिपहरमाइ गाँउपालिकाका लागि छिपहरमाइ ५ स्थित मंगल माध्यमिक विद्यालय ,पकाहा मैनपुर गाँउपालिका ३ स्थित रामचरित्र भगत माध्यमिक विद्यालय , सखुवा प्रसौनी गाँउपालिकाको लागि सखुवा प्रसौनी २ स्थित दिपनारायण आवासीय मावि , धोबिनी गाँउपालिकाका लागि धोबिनी ४ स्थित गाँउपालिका कार्याय भवनलाइ मतगणना स्थल तोकिएको जिल्ला निर्वाचन कार्याय पर्साले जनाएको छ ।
जिराभवानी गाँउपालिकाका लागि जिराभवानी ३ स्थित वित्तो महत्तो जनता माध्यमिक विद्यालयलाइ ,ठोरी गाँउपालिकाको लागि ठोरी ५ सुर्वणपुर स्थित ज्ञानवाटिका माध्यमिक विद्यालयलाइ , पटेर्वासुगौली गाँउपालिकाको लागि पटेर्वासुगौली ४ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयलाइ मतगणना स्थल तोकिएको जिल्ला निर्वाचन कार्यालय पर्साकी प्रमुख रन्जिता झाले जानकारी दिइन् ।
विन्दवासीनी गाँउपालिकाको मतगणनास्थल विन्दवासीनी २ बहुअर्वाभाठा स्थित राधाकृष्ण चौरसीया माध्यमिक विद्यालय , जगरनाथपुर गाँउपालिकाको लागि जगरनाथपुर ६ सन्ठी स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय र कालीकामाइ गाँउपालिकाको लागि मतगणनास्थल कालीकामाइ ३ हरिहरपुर स्थित नेपाल राष्ट्रिय आधारभुत विद्यालयलाइ निर्धारण गरिएको झाले बताइन् ।
निर्वाचन आयोगका यसअघिको निर्देशन अनुसार ,हरेक मतगणनास्थलमा पालिकासंग समन्वय गरि सिसि टिभी क्यामेरा जडान गरिने पनि उनले बताइन् । स्वच्छ निष्पक्ष निर्वाचन सम्पन्नका लागि प्रत्येक मतगणनास्थलमा सिसि टिभी क्यामेराको निगरानीमा मत गणना हुने उनले बताइन् ।

