Madhes Khabar
समाचार हेडलाइन

झण्डै ३ करोड राजस्व हिनामिना गर्ने पर्साका तत्कालीन मालपोत अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं,१८चैतः दुई करोड ९३ लाख रुपैयाँ राजश्व हिनामिनाको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साका तत्कालीन मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले आर्थिक वर्ष २०७०÷७१ मा ठूलो परिमाणमा राजस्व हिनामिना गरेको अभियोगमा पर्साका तत्कालीन मालपोत अधिकृत हरिनारायण मिश्रसहित उक्त प्रकरणमा संलग्न तत्कालिन मालपोत अधिकृत भूपबहादुर बोगटी, पदम अर्याल, सुरेन्द्र प्रसाद कुर्मी , तत्कालीन नायब सुब्बा स्वर्गीय किरण उपाध्यायको हकमा उनका अंशीयार छोराहरु राजकिशोर उपाध्याय र गौतम उपाध्याय विरुद्ध बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अनुसन्धानका क्रममा रजिस्ट्रेशन शाखा ‘ग’ बाट एउटै नम्बर प्रयोग गरी दोहोरो तथा तेहेरो रजिस्ट्रेशन नम्बर राखी एकभन्दा बढी लिखत पारित गरिएको पाइएको अख्तियारको अभियोगपत्रमा उल्लेख छ । दर्ता किताबमा एउटै नम्बरका लिखतहरू प्रविष्ट गरिए पनि तीसँग सम्बन्धित राजस्व रसिदहरूको तुलना गर्दा कम रकम देखाइएका लिखत मात्र पेश गरिएको र बढी राजस्व लाग्ने लिखतहरू लुकाइएको भेटिएको हो ।

यस्तै, केही लिखतबाट प्राप्त राजस्व रकम बैंक दाखिला गरिए पनि वास्तविक उच्च राजस्व भएका लिखतहरू दर्ता किताबमा समावेश नगरी रकम हिनामिना गरिएको देखिएको छ । आन्तरिक तथा अन्तिम लेखापरीक्षण समेत नगरी उक्त कार्य गरिएको अनुसन्धानबाट खुलेको छ । अनुसन्धान अनुसार, उक्त आर्थिक वर्षमा करिब २ करोड ९३ लाख ६८ हजार ५६५ रुपैयाँ बराबरको राजस्व हिनामिना भएको ठहर गरिएको छ । यस प्रकरणमा संलग्न कर्मचारीहरूलाई कानुनबमोजिम कारबाही गर्न माग गर्दै मुद्दा दायर गरिएको जनाइएको छ ।साभारःअन्नपूर्णपोष्ट

 

Related posts

उपेन्द्र यादवको पार्टी चम्चा बेल्चाहरुको झुण्ड हो : स्वास्थ्यमन्त्री प्रदीप यादव

MadhesKhabar

गौर हत्याकाण्ड छानबिन गर्ने सहमति जसपालाई फसाउने षडयन्त्र हो : सांसद यादव

MadhesKhabar

वीरगन्जमा हिन्दुवादीहरुले जलाए कान्तिपुर पत्रिका

MadhesKhabar

Leave a Comment