Madhes Khabar
राजनीति हेडलाइन

गौर हत्याकाण्ड छानबिन गर्ने सहमति जसपालाई फसाउने षडयन्त्र हो : सांसद यादव

फाइल फोटो

काठमाडौं, २४ साउन : जनता समाजवादी पार्टीका प्रमुख सचेतक प्रदीप यादवले गौर हत्याकाण्डको छानबिन गर्न सरकारले गरेको सहमति प्रति आपत्ती जनाएका छन् ।

मंगलबार गृहमन्त्रालय र गौर हत्याकाण्ड पीडित संघर्ष समितिबीच भएको ५ बुँदे सहमतिमा गौर हत्याकाण्डको छानबिन गर्ने सहमति भएको थियो ।

उक्त सहमति जसपालाई फसाउने षडयन्त्र भएको यादवको टिप्प्णी छ । उनले भने,’यो सहमति जसपालाई फसाउने षड्यन्त्र अन्तर्गत भएको हो । यसमा हाम्रो गम्भीर आपत्ति छ र गम्भीर रुपमा लिएका छौं’ । पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधीसभा सदस्यसमेत रहेका यादवले यस विषयमा पार्टीले बैठक राखेर औपचारिक रुपमा धारणा सार्वजनिक गर्नेपनि बताए ।

यस्तै जसपाका नेता उंव मधेस प्रदेशका पूर्वमन्त्री योगेन्द्र राय यादवले सरकारले गरेको उक्त सहमति उपेन्द्र यादव र मधेसी नेताहरुलाई घेर्ने र सिध्याउने षडयन्त्र भएको बताए । उनले प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिएर जसपा संघर्षमा उत्रिनुपर्ने बताए । उनले भन्, ‘‘जसपाले प्रचण्डलाई दिएका समर्थन फिर्ता लिई संघर्ष गर्नुबाहेक अर्को कुनै विकल्प छैन । गौर घटना माओवादीका ज्यादतीका विरोधमा सर्वसाधारणले गरेका प्रतिकार थियो। उपेन्द्र यादव र मधेशी नेताहरुलाई घेर्ने र सिध्याउने षडयन्त्रको भण्डाफोर गर्न सक्नुपर्छ ।’

मंगलबार सरकार र आन्दोलनरत पक्षबीच गौर हत्याकाण्ड छानबिन गर्ने सहमति भएपछि सत्तारुढ दल जनता जसपाभित्र तरंग उत्पन्न भएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल र सत्तारुढ अर्को दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेरै यस विषयमा आफ्नो असन्तुष्टि व्यक्त गरिसकेका छन् । सरकार र आन्दोलनरत पक्षबीच भएको सहमतिको विषयपछि उत्पन्न परिस्थितिको बारेमा छलफल गर्न जसपाका केन्द्रीय कार्यसमितिका राजधानीमा उपलब्ध सदस्यहरुको अनौपचारिक बैठक ललितपुरको बालकुमारीस्थित केन्द्रीय कार्यालयमा बुधबार बसेको छ ।

मंगलबार गृहममन्त्रालयमा भएको वार्तामा गृहमन्त्रालयले गौर घटनाको विषयमा तत् समयमा दर्ता भएका जाहेरीसमेतलाई छानबिन र अनुसन्धान गरी तथ्य र प्रमाणको आधारमा दोषीलाई कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाउने विषयमा सहमति गरेको थियो ।

२०६३ चैत ७ मा रौतहट गौरस्थित राइसमिल चौरमा आमसभाको विषयमा तत्कालीन नेकपा माओवादी र तत्कालीन मधेसी जनताधिकार फोरमबीच झडप हुँदा माओवादीका २७ जनाको मृत्यु भएको थियो ।

 

Related posts

सरकारी विद्यालयमा महानगरको निरन्तर अनुगमन, फेरि १३ शिक्षकसँग स्पष्टिकरण माग

MadhesKhabar

सिमरा बस दुर्घटनाका घाइते गहवाका थप एक युवककाे उपचारका क्रममा मृत्यु 

MadhesKhabar

आर्थिक प्रलोभनमा परी ठगिने क्रम बढ्दो

MadhesKhabar

Leave a Comment