Madhes Khabar
स्वास्थ्य हेडलाइन

कलैयामापनि सञ्चालनमा आयो ब्लड बैंक, उपराष्ट्रपति यादवले गरे उद्घाटन

बारा,३१बैशाखःबाराको कलैयास्थित प्रादेशकी अस्पतालमा नवनिर्मित ब्लड बैंक भवनको बुधबार समुद्घाटन गरिएको छ ।उपपराष्ट्रपति रामसहाय प्रसाद यादवले नवनिर्मित ब्लड बैंक भवनको समुद्घाटन गरिएको हो ।

छाया नेपालको सहयोग तथा कलैया उपमहानगरपालिका र कलैया प्रादेशीक अस्पतालको सहकार्यमा नवनिर्मित ब्लड बैंक भवनको निर्माण गरिएको हो । उद्घाटन समारोहमा उपराष्ट्रपति यादवले रक्तदान जस्ता मानवीय कार्य समाजमा अतिनै आवश्यक र उच्च मूल्यको हुने बताउँदै कलैयामा ब्लड बैंक स्थापनाले जिल्लाका हजारौं बिरामीहरूलाई सहज रुपमा रक्त आपूर्ति हुने विश्वास व्यक्त गरे ।

अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा.अजय गुप्ताले ब्लड बैंकमा अत्याधुनिक उपकरणहरू जडान गरिएको र दक्ष जनशक्तिपनि खटाइएको बताए।

समुद्घाटन समारोहमा प्रतिनिधी सभा सदस्य तथा पूर्वमन्त्री ज्वाला साह, प्रतिनिधीसभा सदस्य किसान श्रेष्ठ, पूर्व सांसद प्रमोद गुप्ता, कलैया महानगरपालिकाका मेयर विनोद साह लगायतकाकोपनि उपस्थिती थियो ।

Related posts

वीरगन्जमा छिन् छिन् मा लाइन कट्ने समस्या तत्काल समाधान गर्न विद्युत प्राधिकरणलाई मेयर सिंहकाे निर्देशन

MadhesKhabar

गहवामाई रथ यात्राकाे अवसरमा वीरगन्जमा राेपियाे ९०० विरुवा

MadhesKhabar

कलैया उपमहानगरपालिकामा सेनिटरी प्याड खरिदमा ५२ लाख भ्रष्टाचार,विशेष अदालतमा मुद्दा दायर

MadhesKhabar

Leave a Comment