Madhes Khabar
स्वास्थ्य हेडलाइन

कलैयामापनि सञ्चालनमा आयो ब्लड बैंक, उपराष्ट्रपति यादवले गरे उद्घाटन

बारा,३१बैशाखःबाराको कलैयास्थित प्रादेशकी अस्पतालमा नवनिर्मित ब्लड बैंक भवनको बुधबार समुद्घाटन गरिएको छ ।उपपराष्ट्रपति रामसहाय प्रसाद यादवले नवनिर्मित ब्लड बैंक भवनको समुद्घाटन गरिएको हो ।

छाया नेपालको सहयोग तथा कलैया उपमहानगरपालिका र कलैया प्रादेशीक अस्पतालको सहकार्यमा नवनिर्मित ब्लड बैंक भवनको निर्माण गरिएको हो । उद्घाटन समारोहमा उपराष्ट्रपति यादवले रक्तदान जस्ता मानवीय कार्य समाजमा अतिनै आवश्यक र उच्च मूल्यको हुने बताउँदै कलैयामा ब्लड बैंक स्थापनाले जिल्लाका हजारौं बिरामीहरूलाई सहज रुपमा रक्त आपूर्ति हुने विश्वास व्यक्त गरे ।

अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा.अजय गुप्ताले ब्लड बैंकमा अत्याधुनिक उपकरणहरू जडान गरिएको र दक्ष जनशक्तिपनि खटाइएको बताए।

समुद्घाटन समारोहमा प्रतिनिधी सभा सदस्य तथा पूर्वमन्त्री ज्वाला साह, प्रतिनिधीसभा सदस्य किसान श्रेष्ठ, पूर्व सांसद प्रमोद गुप्ता, कलैया महानगरपालिकाका मेयर विनोद साह लगायतकाकोपनि उपस्थिती थियो ।

Related posts

रौतहटमा रास्वपाका उम्मेदवार चढेको गाडीको ठक्करबाट नाबालिकाको मृत्यु

MadhesKhabar

पर्साको औराहामा मान्छेलाई घाइते बनाएको बाघलाई स्थानीयले भाला रोपेर मारिदिए

MadhesKhabar

चैती छठ : अस्ताउँदाे सुर्य र छठी मातालाई ब्रतालुले दिए अर्घ (फाेटाे फिचर)

MadhesKhabar

Leave a Comment