Madhes Khabar
स्थानिय हेडलाइन

बारामा ट्याम्पु दुर्घटना हुदाँ तीन वर्षिया बालिकाको मृत्यु , ५ जना घाइते

सांकेतिक फोटो

मधेसखबर
वीरगन्ज,१९चैत : बारामा आइतबार ट्याम्पु दुुर्घटना हुदाँ तीन वर्षिया एक बालिकाको मृत्यु भएको छ । दुर्घटनामा ५ जाना घाइते पनि भएका छनन् ।

भारतको रक्सौलबाट बाराको कलैया तिर जाँदै गरेको ६ जना सवार रहेको स १ ह ७०८ नम्बरको ट्याम्पु , वीरगन्ज कलैया सडकखण्ड अन्तर्गत बाराको फेटा गाँउपालिका वडा नम्बर १ भलुही बजारको चोकमा अनियन्त्रित भएर पल्टिएको हो ।

दुर्घटनामा भारत बिहारको रक्सौलकी तीन वर्षकी बालिका परि कुमारीको घटनास्थलमै मृत्यु भएको बाराका प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए । घाइते पाँच जनाको एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको उनले बताए ।

Related posts

महिलालाई स्वरोजगार बनाउन वीरगन्जमा सिलाइ कटाइ तालिम सन्चालन

MadhesKhabar

उपेन्द्र यादव भन्छन् : बारा २ मा मेरो जित निश्चित छ

MadhesKhabar

पर्सामा चट्याङ  लागेर एक बालककाे मृत्यु, तीन जना घाईते

MadhesKhabar

Leave a Comment