Madhes Khabar
स्थानिय

महिलालाई स्वरोजगार बनाउन वीरगन्जमा सिलाइ कटाइ तालिम सन्चालन

वीरगन्ज,२७चैत : वीरगन्ज महानगरपालिकाले महिलाहरुलाई स्वरोजगार बनाउने उदेश्यले निःशुल्क सिलाइ कटाइ तालिम सञ्चालन गरेको छ ।सीप सिक्ने इच्छा राखेका तर खर्चको अभाबमा तालिम गर्न नसकेका लक्षित महिलाहरुलाई महानगरपालिकाले निशुल्क तालिम कक्षा सुरु गरको हो ।

महिला हक हितका लागि सकृय अन्नपुर्णा मानन्धरज्युको प्रमुख आतिथ्यमा सोमबार उक्त तालिमको उद्घाटन गरिएको छ ।४५ दिन सम्म चल्ने उक्त तालिममा ३८ जना महिलाहरुको सहभागिता छ ।

रिषिका टेलर सेन्टरको सहकार्यमा सन्चालित तालिममा सहभागी महिलाहरुलाई प्रेरणा श्रेष्ठ,एतवरिया कुमारी चौरी र राधा चौधरीले प्रशिक्षण दिइरहेका छन् ।

रिषिका टेलर सेन्टरकी संचालक एंव प्रशिक्षक एतवरिया चौधरीको अध्यक्षतामा सोमबार आयोजित तालिमको उद्घाटन कार्यक्रममा महानगरपालिकाको गैरससरकारी संस्थाको शाखा प्रमुख राजीव गिरी, वडा नम्बर १ की महिला वडासदस्य राधिका देवी,बिपिन (पिन्टु )साह कानु,दिपेन्द्र राउत लगायतको पनि सहभागिता रहेको थियो ।

 

Related posts

बाराकाे पिलुवामा माेटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुदाँ चालककाे मृत्युु

MadhesKhabar

पर्सामा गाेली चल्याे, एक जना घाइते

MadhesKhabar

पर्साको बिन्दवासिनीमा दलित र विपन्नको आवास निर्माणमा अनियमितता गरिएको भन्दै प्रदर्शन

MadhesKhabar

Leave a Comment