Madhes Khabar
स्थानिय हेडलाइन

पर्सामा गाेली चल्याे, एक जना घाइते

वीरगन्ज,९असाेज:पर्सामा गाेली चल्दा एक किशाेर घाइते भएका छन्।घाइते हुनेमा पर्साकाे छिपहरमाई गाँउपालिका वडा नम्बर ५भिस्वाका अन्दाजी १६ वर्षीय गाेलु आलम धुनिया रहेका छन् ।तिघ्रामा गाेली लागेर घाइते भएका उनकाे अहिले वीरगन्जको नारायणी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

 

प्रहरीका अनुसार,छिपहरमाई नगरपालिका वडा नम्बर ५ भिस्वा बजारस्थित गाँउपालिकअ कार्यालय पछाडिको सडकमा बिहीबार साँझ दुई समुहबीचकाे झगडका क्रममा चलाइएकाे गाेली लागेर उनि घाइते भएका हुन्।आलमलाई कसले र किन गाृली हानेकाे भन्ने बारेमा अहिलेसम्म खुल्न सकेकाे छैन ।घटनाकाे विस्तृत विवरण आउन भने बाँकी छ।

 

पर्साका प्रहरी उपरीक्षक सुदीपराज पाठकले भिस्वामा गाेली चलेकाे पुष्टि गरे।गाेली लागेर अन्दाजी १६/१७ वर्षका गाेलु आलम घाइते भएको र उनकाे अहिले नारायणी अस्पतालमा उपचार भइरहेकाे उनले बताए ।घाइते आलमकाे अवस्था खतरामुक्त रहेकाे उनले बताए।गाेली प्रहार गर्नेहरुकाे खाेजी भइरहेको उनले जानकारी दिए।

Related posts

बारामा १ कराेड बढी मूल्यकाे ६० केजी चाँदीसहित साेनार पक्राउ

MadhesKhabar

टिकट नपाएपछि सबै भन्दा बढि विद्रोह मधेसी दलमा

MadhesKhabar

पोखरिया नगरपालिकामा आज सार्वजनिक विदा

MadhesKhabar

Leave a Comment