Madhes Khabar
स्थानिय

पर्साकाे ठाेरीमा आतंक मच्चाउने बाघ नियन्त्रणमा

वीरगन्ज ,२२चैत: पर्साको ठोरी गाउँपालिकाको विभिन्न स्थानमा आतंक मच्चाउने बाघलाई बुधबार बिहान नियन्त्रणमा लिइएको छ।

बाघलाई चितवन राष्ट्रिय निकुञ्जबाट आएको टोली, पर्सा राष्ट्रिय निकुञ्ज, नेपाली सेनाको टोलीले नियन्त्रणमा लिएको ठाेरीस्थित कुसुमवाटिका उपभोक्ता समितिका अध्यक्ष बुद्ध पाख्रिनले जानकारी दिए।

बाघले पछिल्लो केही दिनदेखि ठाेरीमा रहेका किसानहरूको बाख्रा/पाडा मारेर खोर नै रित्तो पार्दै आएको थियो।

निकुञ्जको टोलीले बितेको पाँच दिनदेखि घटनास्थलमा र बाघ हिँड्ने स्थानमा क्यामेरा जडान गर्नुका साथै डाक्टरसहितको टोली परिचालन गरेको थियो।

बाघलाई डाट गरेर बुधबार बिहान पौने एक बजेको समयमा निकुञ्जको टोलीले नियन्त्रणमा लिएको हो।साभार:देशसञ्चार

Related posts

वीरगन्जलाई ‘हरित शहर’ बनाउने अभियान निरन्तर : हालसम्म १५ हजार बढी विरुवा रोपियो

MadhesKhabar

ठोरीमा खानेपानी आयोजनाको उद्घाटन गर्दै मन्त्री यादवले भने :मधेसमा पानीको समस्या छिट्टै समाधान गर्छौ

MadhesKhabar

वीरगन्ज महानगरले १६ बिघा सार्वजनिक जग्गाकाे अतिक्रमण हटायाे

MadhesKhabar

Leave a Comment