Madhes Khabar
स्थानिय हेडलाइन

पर्सामा चट्याङ  लागेर एक बालककाे मृत्यु, तीन जना घाईते

सांके्तिक फोटो

मधेसखबर
वीरगन्ज,१० असाेज : पर्सामा चट्याङले लागेर एक बालककाे मृत्युु भएकाे छ । तीन जना घाइते पनि भएका छन् ।

सोमबार बिहान वर्षासँगै खसेको चट्याङले लागेर वीरगन्ज महानगरपलिका वडा नम्बर २ छपकैयाका राम प्रसाद उपाध्यायका छाेरा १५ वर्षीय सिद्धान्त उपाध्यायको मृत्यु भएको हो ।

छपकैया ईदगाह चोक स्थित छठ घाट पोखरी नजिकैको चौरमा क्रिकेट खेलिरहेको अवस्थामा चट्याङ खसेकाे थियो । त्यसक्रममा सिद्धान्त सहित फुलनेसा खातुन र भिखारी राउतको १३ वर्षीय छोरा अर्जुन राउत घाईते भएका थिए ।

उनीहरुलाई उद्धार गरेर उपचारका लागि नारायणी अस्पताल पुरयाउदा सिद्धान्तको मृत्यु भईसकेको जानकारी अस्पतालले दिएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।

घाइते मध्ये अर्जुनको अवस्था गम्भिर छ । उनलाई थप उपचारका लागि नेशनल मेडिकल कलेजमा लगिएकाे छ ।अर्की घाइते फुलनेसाको अवस्था भने सामान्य रहेकाे र उनको नारायणी अस्पतालमै उपचार भईरहेको छ ।

साेमबार नै बिहान चट्याङले लागेर पर्साकाे बिन्दवासिनी गाउँपालिका– ४ अमरपट्टी बस्ने २५ वर्षीय कुन्दन दास घाईते भएका छन् । बिहान शौचालय जाने क्रममा उनलाई चट्याङले लागेको थियो । नारायणी अस्पतालमै उपचारत उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

Related posts

बारा: न्याय माग्न जाँदा असईले वडा सदस्यलाई प्रहरी चाैकीभित्रै कुटे

MadhesKhabar

पर्साकाे भौराटारमा नि:शुल्क आँखा शिविर सम्पन्न, ५३ जनामा देखियो मोतियाबिन्दु

MadhesKhabar

पर्साको हुलाकी सडकमा मोटरसाइकल दुर्घटना हुदाँ एक युवकको मृत्यु

MadhesKhabar

Leave a Comment