Madhes Khabar
स्थानिय हेडलाइन

पर्सामा चट्याङ  लागेर एक बालककाे मृत्यु, तीन जना घाईते

सांके्तिक फोटो

मधेसखबर
वीरगन्ज,१० असाेज : पर्सामा चट्याङले लागेर एक बालककाे मृत्युु भएकाे छ । तीन जना घाइते पनि भएका छन् ।

सोमबार बिहान वर्षासँगै खसेको चट्याङले लागेर वीरगन्ज महानगरपलिका वडा नम्बर २ छपकैयाका राम प्रसाद उपाध्यायका छाेरा १५ वर्षीय सिद्धान्त उपाध्यायको मृत्यु भएको हो ।

छपकैया ईदगाह चोक स्थित छठ घाट पोखरी नजिकैको चौरमा क्रिकेट खेलिरहेको अवस्थामा चट्याङ खसेकाे थियो । त्यसक्रममा सिद्धान्त सहित फुलनेसा खातुन र भिखारी राउतको १३ वर्षीय छोरा अर्जुन राउत घाईते भएका थिए ।

उनीहरुलाई उद्धार गरेर उपचारका लागि नारायणी अस्पताल पुरयाउदा सिद्धान्तको मृत्यु भईसकेको जानकारी अस्पतालले दिएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।

घाइते मध्ये अर्जुनको अवस्था गम्भिर छ । उनलाई थप उपचारका लागि नेशनल मेडिकल कलेजमा लगिएकाे छ ।अर्की घाइते फुलनेसाको अवस्था भने सामान्य रहेकाे र उनको नारायणी अस्पतालमै उपचार भईरहेको छ ।

साेमबार नै बिहान चट्याङले लागेर पर्साकाे बिन्दवासिनी गाउँपालिका– ४ अमरपट्टी बस्ने २५ वर्षीय कुन्दन दास घाईते भएका छन् । बिहान शौचालय जाने क्रममा उनलाई चट्याङले लागेको थियो । नारायणी अस्पतालमै उपचारत उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

Related posts

पर्सामा नयाँ नियम: अब डीप बाेरिङ गाड्न जिल्ला विपद व्यवस्थापन समितिबाट अनुमति लिनुपर्ने

MadhesKhabar

आर्थिक मन्दीले वीरगन्ज भन्सारकाे राजश्व संकलनमा भारी गिरावट

MadhesKhabar

बचतकर्ताकाे कराेडाैं रकम फिर्ता नगरेकाे भन्दै सानाे पाइला सहकारीमा प्रदर्शन 

MadhesKhabar

Leave a Comment