Madhes Khabar
समाचार

अध्यक्ष क्षीरसागरको घर र कार्यालयमा आगजनी गर्नेहरुलाई कारबाही गर्न तेली समाजको माग

वीरगन्ज,२३कार्तिक : तेली कल्याण समाज नेपालले भारतको महाराष्ट्रमा अखिल भारतीय तैलिक साह महासभाका राष्ट्रिय अध्यक्ष जयदत्त क्षीरसागरको घरमा भएको आगजनी तथा तोडफोड घटनाको भत्र्सना गरेको छ ।

समाजले आज पत्रकार सम्मेलन गरी कार्तिक १४ गतेका दिन अखिल भारतिय तैलिक साह महासभा नई दिल्लीका राष्ट्रिय अध्यक्ष एवं पूर्व मंत्री जयदत्त क्षीरसागरको महाराष्ट्रको बिड जिल्लामा रहेको अवास एवं कार्यालयमा अज्ञात समूहले मराठा आन्दोलनको आडमा गरेको तोडफोड, आगजनी एवं पेट्रोल बम प्रहारको घटनाले समाज मर्माहत भएको जनाएको छ ।

पत्रकार सम्मेलनमा समाजका केन्द्रिय अध्यक्ष विश्वनाथ प्रसाद तेलीद्वारा जारी विज्ञप्तीमा घर तथा कार्यालयमा हमला हुँदा जयदत्त क्षीरसागरको परिवारले मुस्किलका साथ आफ्नो ज्यान बचाएको कुरा उल्लेख गर्दै तेली कल्याण समाज नेपाल यो घटनाको भत्र्सना गर्दै भारत सरकार समक्ष दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरिएको छ ।

विज्ञप्तीमा पिडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गर्दै माग पुरा नभए अखिल भारतीय तैलिक साहु महासभाके समन्वयमा नेपालमा समेत तेली कल्याण समाजले आन्दोलन गर्ने चेतावनीपनि दिईएको छ ।

Related posts

पर्साका कांग्रेस नेता द्धिवेदी भन्छन् : म रास्वपामा गएको छैन, कांग्रेसमै छु,प्रायोजित हल्लाको भ्रममा नपर्नु होला

MadhesKhabar

वीरगन्जमा दुई बसमा आगलागी प्रकरणमा एसपी भन्छन् : बसका साहुलाई प्रहरीले पक्रेको छैन

MadhesKhabar

मधेस सरकारले जनकपुरमा ३ करोडको लागतमा सार्वजनिक शौचालय बनाउँदै

MadhesKhabar

Leave a Comment