Madhes Khabar
समाचार

वीरगन्जमा पनि मनाइयो ‘अन्तर्राष्ट्रिय युवा दिवस’

वीरगन्ज, २७ साउन :वीरगन्जमा पनि बुधबार अन्तर्राष्ट्रिय युवा दिवस–२०२६ एक कार्यक्रम आयोजना गरेर मनाइएको छ । ‘लागु औषधलाई भनौँ नाइँ, सपनालाई भनौँ हो’ भन्ने सन्देशसहित नेपाल युवा उद्यमी मञ्च (एनवाइइएफ) वीरगन्ज च्याप्टरले वीरगन्जमा बुधबार प्रभातफेरि र अन्तरकृया कार्यक्रम गरेर उक्त दिवस मनाएको हो ।

माइस्थान चोकस्थित गहवामाई मन्दिर अगाडिबाट सुरु प्रभातफेरि गीतामन्दिर, घडिअर्वा पोखरी हुदैं आदर्शनगरस्थित सरोवर पोर्टिको होटलमा पुगेर समापन भएको थियो। प्रभातफेरिमा सहभागी युवाहरूले विभिन्न जनचेतनामूलक प्लेकार्ड बोकेका थिए।

प्रभातफेरि पश्चात सरोवर पोर्टिको होटलमा अन्तरकृया कार्यक्रमपनि आयोजना गरिएको थियो। उक्त कार्यक्रममै आयोजना गरिएको सामग्री सिर्जनाकर्ता प्रतियोगिता–२०२६ मा पाँच जना सहभागीमध्ये विजेता घोषित कन्हैया सर्राफलाई नगद ५ हजार १ सय रुपैयाँ पुरस्कार, मायाको चिनो तथा प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो।

एनवाइइएफ वीरगन्ज च्याप्टरका अध्यक्ष चन्दन सिंहको अध्यक्षता तथा सांसद माननीय मनिष झाको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा वीरगन्ज पब्लिक कलेजका डा. बासु कर्ण, डा. अरविन्द श्रेष्ठ, डा. नीरज सिंह, वीरगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष एवं उद्योगपति गणेश लाठ, डा. सुबोध गुप्ता, युवा नेता सुधीर पटेल, वीरगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधवराज पाल, भारतीय महावाणिज्य दूतावास वीरगन्जका मनिष सिंह, एनवाइइएफका कार्यकारी सदस्य पवित्रा गौतम, होप गिभर नेपालका संस्थापक रोमन गुरुङ, नेपाल इनोभेटिभ सोसाइटी वीरगन्जका अध्यक्ष कमल चौगाईंलगायतकाको पनि सहभागिता थियो ।

 

Related posts

रातभर प्रहरीको सर्च अप्रेशन : काठमाडौंबाटै पक्राउ परे १९५ जना

MadhesKhabar

लेख्न नजान्ने फेसबुकियाहरु डिजिटल पत्रकार बनेका छन् : प्रदेशसभा सदस्य पटेल

MadhesKhabar

नेपाल सरकार आतंकवाद र आतंकवादीलाई संरक्षण गर्नेको विरोधमा छ : मन्त्री यादव

MadhesKhabar

Leave a Comment