
मधेसखबर
वीरगन्ज, २४ बैशाख :नेपाली काँग्रेसका केन्द्रिय र जिल्ला स्तरका नेताले शनिवार वीरगन्ज महानगरपालिका वडा नम्बर १० मा चुनावी घरदैलो गरेका छन् ।
काँग्रेस केन्द्रिय सदस्य रमेश रिजाल , जिल्ला सभापति जनार्दन सिंह क्षेत्री , प्रदेश सरकारका मन्त्री ओम प्रकाश र्मा लगायतका नेताहरुले वडा नम्बर १० को आदर्शनगर लगायतका क्षेत्रमा घरदैलो कार्यक्रम गरेका हुन् ।
वडा अध्यक्षका उम्मेदवार रामनगीना साह कानु सहितका उम्मेदवारहरुसंगै हरेक मतदाताको घरदैलोमै पुगेर काँग्रेस नेताहरुले बैशाख ३० को निर्वाचनमा काँग्रेसलाइ मत दिन आग्रह गरे ।
घरदैलो कार्यक्रमका क्रममा काँग्रेस केन्द्रिय सदस्य रिजाल र जिल्ला सभापति चौरसीयाले वडा नम्बर १० मा विगतको नेतृत्व गरेर इमाान्दार छविका रुपमा स्थापित वडा अध्यक्ष रामनगीनालाइ पार्टीले फेरि प्रत्याशी बनाएकालले जनताले पुन वडाअध्यक्षमा निर्वाचित गराउने विश्वास व्यक्त गरे ।

वजडा अध्यक्षका उम्मेदवार रामनगीनाले पनि मतदाताहरुसंगको भेटघाटका क्रममा पहिलो कार्याकालयमा कुनै पनि किसिमको आक्षेप र आरोप आफु माथि नलागेको भन्दै अबको कार्यकालमा पनि वडावासीको हरेक सुखदुखमा आफनो साथ रहने प्रतिबद्धता जनाए ।
उनले वीरगन्ज १० सदैव काँँग्रसको गढ रहेकाले यसपाली पनि वडावासीको अपार समर्थन र साथ आफुले पाइरहेको जिकिर गरे ।

घरदैलो कार्यक्रममा काँग्रेसका वडा सदस्यका उम्मेदवार अरविन्द साह र पुष्कर राजवंशी , महिला सदस्य उम्मेददवार सन्तोष देवी खतिवडा , महाधिवेशन प्रतिनिधी राकेश सिंह, नेता श्याम पोखरेल , पुर्व जिल्ला सभापति प्रकाश उपाध्याय , युवा नेता बैकुण्ठ श्रीवास्तव ,महिला नेतृ रुपा श्रेष्ठ , किरण सरकार ,नगरउपसभापति सन्तोष गुप्ता,नगर सहसचिव दिपक साह,पुर्वनगर सचिव मनोहर साह ,क्षेत्रीय प्रतिनिधी मनोज कुमार साह लगायतका नेता कार्यकर्ताहरुको सहभागीता थियो ।