Madhes Khabar
समाचार

वीरगन्जको गोदामबाट तस्करीको २१ लाख मुल्यको भारतीय चामल बरामद

मधेसखबर
वीरगन्ज,०१ पुष : भारतबाट तस्करी गरि ल्याएर वीरगन्जमा भण्डारण गरि राखिएका खाद्यान्न लगायतका सामान प्रहरीले बरामद गरेको छ ।

वीरगन्ज महानगरपालिका वडा नम्बर ११ रानीघाट स्थित घरमा गोदाम बनाएर तस्करहरुले भण्डारण गरि राखेका २१ लाख भन्दा बढि मुल्यको चामल , मैदा लगायतका सामान बरामद गरेको हो ।

सुराकीका आधारमा जिल्ला प्रहरी कार्यालय , वडा प्रहरी कार्यालय वीर्ता र सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट खटिएको संयुक्त टोलीले बिहीबार बेलुकी रानीघाटका चार वटा गोदममा छापा मारेर ती सामान बरामद गरेको हो ।

प्रहरीले रानीघाटमा श्याम बर्णवाल, सुजित गुप्ता, प्रधुमन गुप्ता र विनोद कुमार साहको अनाधिकृत रुपमा गोदममा लुकाएर राखिएका चामल २८१ क्वीन्टल, मैदा १० क्वीन्टल, सर्जिकल मेडिकल सामाग्री २ कार्टुन, हार्पिक ९ कार्टुन, हैण्डवास २ कार्टुन र स्प्रे २ कार्टुन गरि २१ लाख १६ हजार ४ सय रुपैया मुल्यका सामान बरामद गरेको पर्साका प्रहरी उपरिक्षक रमेश बस्नेतले जानकारी दिए ।

बरामद सामाग्रीहरू अनुसन्धान तथा आवश्यक कारवाहीको लागि शुक्रबार दिउँसो वीरगन्ज भन्सार कार्यालयमा पठाइएको बस्नेतले बताए ।

Related posts

वीरगन्जमा तस्करीको चाँदीसहित एक युवक पक्राउ

MadhesKhabar

करेन्ट लागेर ससुरा बुहारी सहित ३ जनाको मृत्यु

MadhesKhabar

हावाहुरीले रूख ढाल्दा च्यापिएर २ जनाको मृत्यु

MadhesKhabar

Leave a Comment