Madhes Khabar
समाचार

नक्कली डीएसपी पक्राउ

काठमाडौं,२८फागुनः काठमाडौंमा नक्कली डीएसपी पक्राउ परेका छन्। नेपाल प्रहरीको डीएसपी हुँ भन्दै ठगी गरेको आरोपमा भक्तपुरका ४७ वर्षीय राजु कर्मी श्रेष्ठ पक्राउ परेका हुन्।

उनीविरुद्ध प्रहरीको महाराजगन्जको वृत्तमा उजुरी परेको थियो। श्रेष्ठले मकवानपुरका केदारप्रसाद पौडेल, शम्भुप्रसाद पौडेल, काठमाडौंका सुजन थापा, नारायण राउतलाई आफू डीएसपी भएको र इन्टरपोलमा कार्यरत रहेको बताउँदै आएका थिए। उनले सोही बहानामा विदेश पठाइदिने भन्दै ठगी गर्दै आएको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक अपीलराज बोहोराका अनुसार श्रेष्ठले विभिन्न व्यक्तिबाट करिब ८ लाख ठगी गरेका थिए। काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थपेर उनीविरुद्ध अनुसन्धान भइरहेको बोहोराले जानकारी दिए।साभारःअन्नपूर्णपोष्ट

Related posts

वीरगन्ज–कलैया सडकखण्डमा भारतीय कारको ठक्करबाट ६ बर्षीया बालिकाको मृत्यु

MadhesKhabar

पर्साका एसपी ढुंगेलकाे सरुवा,अब पर्सामा एसपी मिश्र आउँदै

MadhesKhabar

कानुन व्यवसायीलाई लाइसेन्स दिन मापदण्ड बनाउने कुरा सही छ : मन्त्री चौरसिया

MadhesKhabar

Leave a Comment