Madhes Khabar
समाचार

नक्कली डीएसपी पक्राउ

काठमाडौं,२८फागुनः काठमाडौंमा नक्कली डीएसपी पक्राउ परेका छन्। नेपाल प्रहरीको डीएसपी हुँ भन्दै ठगी गरेको आरोपमा भक्तपुरका ४७ वर्षीय राजु कर्मी श्रेष्ठ पक्राउ परेका हुन्।

उनीविरुद्ध प्रहरीको महाराजगन्जको वृत्तमा उजुरी परेको थियो। श्रेष्ठले मकवानपुरका केदारप्रसाद पौडेल, शम्भुप्रसाद पौडेल, काठमाडौंका सुजन थापा, नारायण राउतलाई आफू डीएसपी भएको र इन्टरपोलमा कार्यरत रहेको बताउँदै आएका थिए। उनले सोही बहानामा विदेश पठाइदिने भन्दै ठगी गर्दै आएको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक अपीलराज बोहोराका अनुसार श्रेष्ठले विभिन्न व्यक्तिबाट करिब ८ लाख ठगी गरेका थिए। काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थपेर उनीविरुद्ध अनुसन्धान भइरहेको बोहोराले जानकारी दिए।साभारःअन्नपूर्णपोष्ट

Related posts

सरुवा गरिएको पालिकामा हाजिर नभएका उपसचिव र शाखा अधिकृतलाई कारबाही गर्ने सरकारको चेतावनी

MadhesKhabar

महोत्तरीका मिटरब्याजी अनिरुद्ध साह पक्राउ

MadhesKhabar

शीर्ष नेताहरूको मृत्युको कामनासहित अनुष्ठान गरेका धार्मिक अभियन्ता पुष्कर पक्राउ

MadhesKhabar

Leave a Comment